एकै लटमा प्रहरीका दुई हजार ४५ कर्मचारीको सरूवा (सूचीसहित)

नेपाल प्रहरीले एकै पटक दुई हजार ४५ कर्मचारीको सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका अनुसार,कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मको सरुवा गरेको हो।
Advertisement 1
सरुवा हुनेमा प्रहरी कार्यालय सहयोगी,प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक,प्रहरी बरिष्ठ नायव निरीक्षकसम्म रहेका छन् । सबैभन्दा बढी प्रहरी जवानहरु,प्रहरी सहायक हवल्दार,प्रहरी कार्यालय सहयोगीहरु सरुवा भएका छन् ।
सूची अनुसार, प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दार ५३८ जना, प्रहरी हवल्दार १७३ जना र प्रहरी वरिष्ठ हवल्दार ३९ जनाको सरुवा भएको हो।
त्यसैगरी प्रहरी सहायक निरीक्षक ५७ जना, प्रहरी नायव निरीक्षक १६ जना र प्रहरी वरिष्ठ नायव निरीक्षकहरु ५ जनाको एकैपटक सरुवा भएको छ।
Advertisement 2
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/04/si_tranfor3-2079-12-23.pdf” title=”list”]








