५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले नेपाल प्रहरीका ५ नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।

Advertisement 1

गृहसचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पाँचै जना डीआईजीलाई बढुवा सिफारिस गरेको थियो । बैठकले गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।

उनीहरु ५ जना मध्येबाटै १ जना आउँदो चैत ११ गते नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा बढुवा हुनेछन्। हालका आईजी धीरजप्रताप सिंह तथा उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित तथा डीआईजीहरु चैत १० गते अनिवार्य अवकाशमा जाँदैछन्। जसकारण अहिले बढुवा भएका ५ जना मध्येबाट १ जना नेपाल प्रहरीको ३०औं आईजीमा बढुवा हुनेछन्।

Advertisement 2

शीर्ष वरीयतामा रहेकाले आईजीपीमा एआईजी कुँवरको सम्भावना बलियो छ ।

प्रकाशित :२०७९ चैत्र ६, सोमबार ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry