डीएसपी ठग बहादुरलाई भ्रष्टाचार मुद्दा चलाउन सिफारिस

३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीले पदीय दायित्व विपरीत बदमासी गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

Advertisement 1

बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका व्यापारी किसन विकको साथबाट प्रहरीले ३५ तोला सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।

आइतबार समितिका संयोजक (एसएसपी) चन्द्र कुवेर खापुङले आईजीपी धिरज प्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन् । गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो ।

Advertisement 2

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।डीएसपी केसी अहिले निलम्बनमा छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई पुस १४ मा निलम्बन गर्ने निर्णय गरेका हुन् ।

प्रतिवेदनमा डीएसपी केसीले सुन व्यापारीसँग सुन रितपूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ छानबिन समितिको निष्कर्ष छ । सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखेको छानबिन समितिको निष्कर्ष छ । समितिले भ्रष्टाचार ऐन अनुसार डीएसपी केसीमाथी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।

प्रकाशित :२०७९ फाल्गुन ३०, मंगलवार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry