प्रचण्डविरुद्धको रिटको बहस सकियो,कस्तो आउला आदेश ?

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुध्द सर्वोच्च अदालतमा परेको रिटको सुनुुवाई सकिएको छ । हिजो हेर्न नभ्याइएपछि आजका लागि उक्त रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको थियो ।

Advertisement 1

दुई बर्ष अघि प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग रिट निवेदकले गरेका छन् ।

उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

Advertisement 2

यसअघि, उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो । दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएको थियो । आजको रिटमाथि निवेदक पक्षको प्रारम्भिक बहस सकिएको हो ।

आज वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, बालकृष्ण नेउपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव तथा निवेदक अधिवक्ता ज्ञानेन्द्र आरणले पनि बहस गरेका थिए । अहिले खाजा ब्रेक भएको सर्वाेच्च अदालतले जनाएको छ ।
सो रिटमा आजै देखाऊ, रिट खारेजी वा अन्तरिम आदेश आउनसक्ने बताइएको छ ।

Advertisement 3

 

प्रकाशित :२०७९ फाल्गुन २६, शुक्रबार १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry