पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी

चितवन। गत ४ दिनको निरन्तर वर्षापछि नारायणीको बाढीले बगाएको राइनो क्रुजसिप निकाल्ने तयारी गरिएको छ। नारायणी पुलको गैँडाकोट तर्फको छेउमा अड्किएको उक्त क्रुटसिप पुलको नजिकै नदी किनारमा रुखमा बाँधेर राखिएकोे थियो।

Advertisement 1

सडक डिभिजन कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरे अनुसार क्रुजसिप पुलको गैँडाकोटतर्फको छेउको पिल्लरमा ठोकिएको अवस्थामा छ। नदीमा बाढी आइरहेकाले पुललाई जोखिम हुने भन्दै आइतबार साँझबाटनै क्रुजसिप हटाउने प्रक्रिया अघि बढाइएको थियो। त्यसका लागि तीन वटा क्रेन झिकाइएको छ।

क्रुजसिप करिब ६० टन भार क्षमताको भएकाले सिङ्गै तान्न नसकिने भएकाले काटेर निकालिने उनले जानकारी दिए। यसअघि क्रुजसिप नारायणी नदीमा पर्यटकलाई जलयात्रा प्रयोग गरिँदै आएको थियो। क्रुज पुलमा अड्किएर पानी रोकिएपछि जोखिम हुने भन्दै प्रशासनले आइतबार साँझदेखि पुलमा ठूला भारबहान सवारी सञ्चालनमा रोक लगाएको छ।

प्रकाशित :२०८३ आश्विन १२, सोमबार १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम