प्रहरी सहायक हवलदार अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा सशस्त्र प्रहरी सहायक हवलदार परेका छन् । रुपन्देहीको बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवलदार नगेन्द्र सेन अख्तियारको फन्दामा परेका हुन् ।
Advertisement 1
अख्तियारले उनलाई घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट लिएको २० हजार घुससहित सेनलाई नियन्त्रणमा लिएको हो ।
उनले टयाक्ट्ररमा माटो ओसारपसार गर्ने दिनको लागि घुस लिएको आयोगले जनाएको छ ।
प्रकाशित :२०७९ फाल्गुन २२, सोमबार ०९:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%