आज सार्वजनिक बिदा
कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । प्रदेश नम्बर १ को नाम नामकरण भएको खुसीयालीमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
Advertisement 1
मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको जानकारी दिएको छ । बुधबार भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।
बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।
Advertisement 2
प्रकाशित :२०७९ फाल्गुन १८, बिहीबार ०८:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%