सरकारी कर्मचारीको तलब हजारमा,आम्दानी करोडमा

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ ।

Advertisement 1

सापकोटाले २५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाउँदै हस्पिटलका सामान सप्लाईकर्ताहरुले उजुरी दिएका हुन् । उनले विकास सर्जिकलबाट लिक्विड वास्ट खरिद गर्दा चार करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।

त्यस्तै, हेमोडायलासिस मेसिन खरिदमा तीन करोड, सञ्जीवनी सप्लायर्ससँग युएसजी खरिदमा दुई करोड, वेब ट्रेडिङ सप्लायर्सबाट वास्ट मेसिन खरिदमा दुई करोड रुपैयाँ भ्रष्टाचार गरेको सप्लाइकर्ताहरुको भनाइ छ ।

Advertisement 2

औषधि व्यवसायी मकुन्द गौतमको विभिन्न कम्पनीबाट औषधिजन्य खरिदमा मिलोमतो गरेर उनले पाँच करोड दुरुपयोग गर्नुका साथै आयुर्वेद औषधिमा ४० लाख र छपाई, स्टेशनरी सामान खरिदमा ८० लाख रुपैयाँ हिनामिना गरेको बताइएको छ ।

यता, सिटी स्क्यानमा दुई करोड, निजी अस्पताल स्तरोन्नतिका नाममा तीन करोड, एम्बुलेन्स तथा पिकअप गाडी खरिदमा पनि एक करोड गरी २५ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप सापकोटामाथि लागेको छ ।
उनले पत्नी र छोराका लागि प्रदेश ३–०१–२२ च ५४९६ र ८६०७ नम्बरको गाडी खरिद गरेको र आपूर्ति व्यवस्थापनकै रुपमा कार्यरत रहँदा रोजभिल्लामा पाँच करोड रुपैयाँ बराबरको घर बनाएको बताइन्छ ।

Advertisement 3

सप्लाइकर्ताहरुकाअनुसार उनले भ्रष्टाचार गरेको रकम सनराइज र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्ने गरेका छन् । मासिक ४५ हजार तलब खाने कर्मचारीको अकुत सम्पत्तिको स्रोत खोज्न सप्लाईकर्ताहरुले जोडदार माग गरेका छन् ।

सापकोटाले हरेक काममा कमिसन मागेर हैरान पारेपछि अख्तियार गुहार्नुपरेको एक व्यवसायीको भनाइ छ ।

प्रकाशित :२०७९ फाल्गुन १५, सोमबार २०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry