भारतका पाँच पूर्वसेनाप्रमुख नेपालमा
नेपाली सेना दिवसको अवसरमा काठमाडौँमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन्।
Advertisement 1
टुँडिखेलमा भोलि हुने विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेना प्रमुखहरू काठमाडौँ आइपुगेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् । चार जना हिजो र एक जनाले आज बिहान पौने ९ काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी भण्डारीले जानकारी दिए। नेपाली मानार्थ महारथीको दर्जा पाउने भारतका सबै सेनाध्यक्षलाई दिए पनि पाँच जना मात्रै काठमाडौं भएको भण्डारीले बताए।
आज बिहान पौने ९ बजे भारतीय पूर्वसेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आएका हुन्। यसअघि हिजो चार जना पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा काठमाडौं आएका थिए। सैनिक मुख्यालयमा भारतीय सेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ। छलफल अगाडि भोलि सैनिक मञ्च टुडिखेलमा सेना दिवसको अवसरमा पहिलो पटक ५ सय ५५ जनाको मादल प्रस्तुति हुनेछ। वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
Advertisement 2
सेना दिवसको अवसरमा भारत र बेलायतका सैनिकको ब्याण्ड डिस्प्ले हुने भण्डारीले बताए। सेना दिवसको अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले आज बिहान छाउनीस्थित वीर स्मारकमा श्रद्धाञ्जली दिएका छन्। हरेक वर्ष महाशिवरात्रिको दिन नेपालमा सेना दिवस मनाइन्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरू गर्न लागिएको छ।