सेना दिवसको अवसरमा भारतीय सेनाका ५ पूर्व सेनाध्यक्ष आउने
नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवमा हुन लागेको कार्यक्रमका सहभागी हुन नेपालले भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई निम्तो दिएको छ ।
Advertisement 1
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन पाण्डेलाई निमन्त्रण पठाइएको ईकर्मचारीलाई बताए । नेपाली सेनाले भारतीय सेनाका जिवित पूर्वसेनापतिहरु सबैलाई निम्तो गरेको छ । तर यीमध्ये कम्तिमा पाँचजना सहभागी हुने प्रवक्ता भण्डारीले जानकारी दिएका छन्। भारतीय सेनाका पूर्वसेनापतिहरु मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्व नाथ शर्मा नेपाली सेनाको निम्तोमा नेपाल भ्रमणमा आउने भएका छन्।
नेपाली सेना दिवस शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो बर्ष शिवरात्रि फागुन ६ गते परेको छ। यही दिनलाई पारेर भारतीय सेनाका पूर्व चीफहरु र नेपाली सेनाका पूर्वचीफहरुसहितको कन्क्लेभ आयोजना गरिएको हो।यसअघि भारतीय सेनाले नेपाली सेनाका पूर्वसेनापतिहरु सबैलाई भारतीय सेना दिवस वा यस्तै अन्य सन्दर्भ पारेर भारत भ्रमणमा बोलाउने गरेको थियो ।
Advertisement 2
नेपाल र भारतका सैनिकले एक अर्कालाई मानार्थ महारथीको पदवी दिने परम्परा छ । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको दज्र्यानी चिह्न दिने परम्परा छ । सेना दिवसको अवसरमा सैनिक बढाइँ तथा सैनिक कला प्रदर्शनसहित विभिन्न कार्यक्रम हुँदैछ । सैनिक मञ्च टुँडिखेलमा सेनाले स्थापना दिवस मनाउने गरेको छ ।