३१ करोड थान नोट छाप्न ६२ करोड खर्च
नेपाल राष्ट्र बैंकले झण्डै ६२ करोड खर्चेर ३१ करोड थान नोट छाप्न लागेको छ ।
Advertisement 1
राष्ट्र बैंकले २० रुपियाँ दरका ३१ करोड थान नोट छाप्न लागेको हो । त्यसका लागि नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेशनलाई दिने उल्लेख गरेको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार, ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलर अर्थात ६२ करोड १६लाख ३६ हजार २५ दशमलव ५ रुपियाँको लागतमा नोट छाप्ने ठेक्का उक्त कम्पनीलाई दिने भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जनाएका छन् ।
प्रकाशित :२०७९ फाल्गुन १, सोमबार १९:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%