फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा
फागुन महिनाभर विभिन्न दिवस, पर्व र शनिबारीय सहित ११ वटा सार्वजनिक बिदा रहेको छ ।
Advertisement 1
आज फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ। फागुन ६ गते शनिबार, ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, ९ गते शनिबार, १५ गते मगर दिवस, २० गते शनिबार, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवस २७ गते शनिबारको सार्वजनिक बिदा छ।
सार्वजनिक बिदा धेरै भएकाले घटाउनुपर्ने अभिव्यक्ति दिएको एक साता पनि नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ मा ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रित्वकालमा २२ दिन सार्वजनिक बिदा कटौती गरिएको थियो । २०७५ चैतको मन्त्रिपरिषद् बैठकले पुरै बिदा भएका १० वटालाई आंशिक बनाएको थियो भने १२ वटा बिदा पूर्ण रूपमा कटौती गरेको थियो ।
Advertisement 2
राजपत्रमा प्रकाशन गरिएको सूचना अनुसार बर्षभरमा शनिवारबाहेक ४३ दिन सार्वजनिक बिदा नै दिइएको थियो । ०७९ सालमा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ।
बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा, पाँच दिन तिहार विदा, पाँच दिन सबैका लागि दिवस विदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र विदा गरेर ६ दिन दिवस बिदा दिइएको छ।