अखिलको सचिवमा रसुवाका सुरेश अधिकारीको दाबेदारी
नेपाल कम्युनिष्ट पार्टी एमालेको भ्रातृ संगठन (अनेरास्ववियु)को २३औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ।आगामी फागुन २, ३ र ४ गतेका महाधिवेशनको मिति तय भएको छ।
Advertisement 1
यस पटक अखिलको महाअधिवेशनमा गुटबन्दी नहुने नेताहरुले दावा गर्दै आएका छन् । माउ पार्टी एमालेले गुट र प्यानल बनाएर प्रतिस्पर्धा गर्न निषेध गरेको छ । स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन यस्तो गरिएको एमालेको भनाइ छ ।
विना गुटबन्दीको पहिलो पटक हुन लागेको महाअधिवेशनले एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दस सचिव जसमध्ये ३ महिला अनिवार्य र एक कोषाध्यक्ष चयन गर्नेछ ।
महाअधिवेशनबाट एक हजार सात सय बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । दुई सय ४४ पदका लागि निर्वाचन हुन लागेको महाअधिवेशनमा रसुवा जिल्लाबाट विद्यार्थी नेता सुरेश अधिकारीले उमेद्धारी दिने घोषणा गरेका छन् ।
अधिकारी डेढ दशकदेखि विद्यार्थी आन्दोलनसँग जोडिँदै आएका छन् । लामो समयदेखि शिक्षा प्रणालीमा देखिएको विकृती,बिसंगती विरुद्ध लड्दै आएका उनी ६६ सालमै अनेरास्ववियू एन आर क्याम्पस कमिटीको अध्यक्ष २ कार्याकाल चलाएका उनी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, केन्द्रिय कमिटी सदस्य, सचिवालय हुँदै हाल स्थायी कमिटी सदस्यका अलवा बागमती प्रदेश कमिटी सहसयोजकको भूमिका रहेर काम गर्दै आएका छन् ।
Advertisement 2