युवा संघ नेपाल रसुवाको अधिबेशन फागुन २७ र २८ गते

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रसुवाको  अधिबेशन फागुन २७ र २८ गते हुने भएको छ।

Advertisement 1

“न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा” भने मुल नाराको साथ रसुवाको कालिका गाउँपालिका कालिकास्थानमा बसेको राष्ट्रिय युवा संघ रसुवा कार्यालय कमिटीको प्रथम पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते गर्ने निर्णय गरेको हो।

Advertisement 2

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रसुवाको बैठकको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य दावा पेम्बा तामाङ र महेन्द्र न्यौपाने क्षेत्रीको अध्यक्षतामा मिति तोकिएको हो ।

जिल्ला अध्यक्षको लागि सुरेश थोक्रा, कुमार नगरकोटी र सुर्य मान तामाङको प्रबल सम्भावना रहेको छ ।

प्रकाशित :२०७९ माघ २८, शनिबार २०:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry