बर्षाको बानी :- हस्ताक्षर गर्दै, हराउँदै


केही नायिकाले फिल्म नपाएर रुवाबासी छ । कसैलाई हात लागेको फिल्म छाड्न भ्याइ नभ्याई । शुरुमा  स्क्रिप्ट र भूमिका चित्त बुझेर फिल्म साइन गर्ने र  छायांकन चल्दै गर्दा वा बीचमा फिल्म छाडेर हिँड्ने वर्षा शिवाकोटीको बानीका कारण निर्माता–निर्देशक हत्तु छन् ।  उनले हालै सुदूर नामक चलचित्र छाडिदिएपछि निर्देशक रमेश बुढाथोकी तनावमा परेका छन् । सुदूर डेढ वर्षअघि नै साइन गरेकी थिइन् वर्षाले । कोरोना कहरका कारण छायांकन हुन सकेको थिएन । आगामी चैतबाट छायांकनको तयारीमा थिए रमेश तर वर्षाले काम गर्न नसक्ने बचन फर्काएपछि रमेश नयाँ नायिकाको खोजीमा जुटेका छन् । यसअघि पनि वर्षाले फिल्म खेल्छु भनेर अनुबन्धित गरेको मेरो पैसा खोइ छाडिन् । त्यो रोज रानाले निर्माण गरेको फिल्म हो । गणेश सापकोटाहरूले बनाएको रानी महल उसैगरी बीचमै छाडिन् ।  आरोही केसी र श्रीधर पौडेलहरूले निर्माण गरेको गोपीलाई पनि लात्ती हान्न भ्याइन् । यस्तो रोग वर्षामा मात्र होइन, जल शाह, अनमोल केसीहरूमा पनि रहेको बताइन्छ ।

प्रकाशित :२०७७ माघ २४, शनिबार ०९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry