‘सेक्स पार्टनर’ खोज्न एप्स इन्स्टल गर्दा रित्तियो खातामा भएको ५१ लाख

ह्वासअपमा आएको एउटा म्यासेजमा प्रवेश गरी एप्स इन्स्टल गर्दा २० जनाले ५१ लाख बढी रकम गुमाएको भेटिएको छ । नेपाली गर्ल एप इन्स्टल गर्नुस् र सेक्स पार्टनर खोज्नुहोस् । शुरुमा यस्तो म्यासेज ह्वाट्स एप प्रयोगकर्ताहरूको नम्बरमा म्यासेज आउने र सो क्लिक गर्दा पटक पटक गरी २० जनाले ५१ लाख रकम गुमाउनु परेको हो ।

Advertisement 1

सोही एप्स इन्स्टल गरे लगतै बैंक एकाउण्ट ह्याक गरी रकम निकालिएको भन्ने उजुरी ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले प्रहरीमा दर्ज गराएका थिए । उनले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।

सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement 2

पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोेष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमार रहेका छन् ।चोरीको मुख्य योजनाकार पर्साको वीरगन्ज महानगरपालिका–२५ घर भएका २८ वर्षीय राज प्रसाद पटेल हुन् । उनलाई वीरगन्ज घर भएका आइटीका जानकार दुईजना युवकले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटिएम कार्ड पनि बरामद गरिएको छ ।

Advertisement 3

पक्राउ परेका आठै जनालाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२०७९ माघ २१, शनिबार ०५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry