८% नेपाल एसबिआई बैंक ऋणपत्र २०७९ को समयावधी समाप्त, माघ २१ गतेदेखि साँवा ब्याज भुक्तानी गरिने
नेपाल एसबिआई बैंक लिमिटेडले निष्कासन गरेको ८ प्रतिशत ब्याजदरको नेपाल एसबिआई बैंक ऋणपत्र २०७९ को समयावधी माघ २० गतेदेखि समाप्त हुने भएको छ । बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ४ कित्ता ऋणपत्र जारी गरेको थियो ।
Advertisement 1
उक्त ऋणपत्रको समयाअधी समाप्त हुने भएसँगै सम्बन्धित ऋणपत्रधनीहरूलाई साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ रुपमा भुक्तानी गर्ने तयारी बैंकले गरेको छ । बैंकका अनुसार माघ २१ गतेदेखि नेपाल एसबिआई बैंक लिमिटेडको सम्पूयर्ण शाखा कार्यालयबाट उक्त रकम भुक्तानी गरिनेछ ।
ऋणपत्रधनीहरूले ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्रसँगै ब्याज भुक्तानी पुर्जाहरूको सक्कल प्रति अनिवार्य रुपमा पेश गर्नुपर्ने बैंकको भनाई छ । साथै आफ्नो परिचय खुल्ने कुनै आधिकारिक परिचयपत्रको सक्कल प्रति पनि अनिवार्य रहेको जानकारी बैंकले दिएको छ ।
Advertisement 2
ऋणपत्रधनी स्वयं उपस्थित हुन नसके रितपूर्वक मञ्जुरीनामा पेश गर्नुपर्नेछ । मञ्जुरीनाम प्राप्त गर्ने व्यक्तिले चेक संकलन गर्दा ऋणपत्रधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपिका साथै आफ्नो आधिकारिक परिचयपत्रको प्रतिलिपि समेत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । बैंकको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङग लिमिटेड रहेको छ ।