कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त
कामना सेवा विकास बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त गरेको छ ।
Advertisement 1
माघ १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो कार्यानुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका छन्। उनी एनआईसी एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेका छन्।
Advertisement 2
बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ।
यस अघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका दाहालले कामु सीइओको जिम्मेवारी पाएका हुन् ।