बाजुरा केन्द्र बनाएर ५.९ म्याग्निच्युटको भूकम्प, भारतमा समेत कम्पन
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ।
Advertisement 1
आज मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुरालाई केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का छिमेकी जिल्लासहित भारतको राजधानी नयाँ दिल्लीसम्म पनि महशुस गरिएको थियो ।
दिल्लीका बासिन्दाहरूले भुकम्पको समयमा छतका फ्यानहरू र घरका सामानहरू हल्लिएका भिडियोहरू सोसल मिडियामा सेयर गरेका भारतीय सञ्चार माध्यम एनडिटीभले जनाएको छ।
Advertisement 2
मंगलबार दिउसो बाजुराको मैला भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ।
प्रकाशित :२०७९ माघ १०, मंगलवार १६:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%