ल्होछारका कारण रसुवागढी नाका बन्द

सुरेश थोक्रा रसुवा ।  भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक  नाका बन्द भएको छ । ल्होसारका कारण रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ ।

Advertisement 1

कोरोनाका कारण लामो समय बन्द भएर एकतर्फी रुपमा पुनः सञ्चालनमा आएका दुवै नाका ल्होसारका कारण बन्द हुँदा नेपालमा हुँदै आएको आयात ठप्प भएको छ । चिनियाँ ल्होसारका कारण शनीबारबाट रसुवागढी नाका बन्द भएको हो । केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख नारायण भण्डारीले जानकारी दिए।

उनका अनुसार चिनियाँ भन्सार अधिकारीले करिब १५ दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिएका छन् । शुक्रबारसम्म दैनिक १४ कन्टेनर सामग्री आयात भएको थियो । यो ल्होसार तिब्बतीहरुले धुमधामका साथ मान्ने गर्दछन् । मोटरमा सामान अदलबदल गर्ने सबै कामदार तिब्बती भएका कारण काम बन्द गरेको जानकारी दिएको छ ।

Advertisement 2

 

 

प्रकाशित :२०७९ माघ ८, आईतवार ११:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry