गुणस्तरीय आल्मुनियम सामाग्री उपलब्ध नहुँदा गुणस्तरमा प्रश्न उब्जेको छ

आल्मुनियम ब्यवसायी संघ नेपाल (अल्फान) को ९ औ वाषिर्कोत्सव  काठमाडौंमा भएको छ । भेलामा देशभरका ब्यवसायीले आल्मुनियम ब्यवसायको क्षेत्रमा देखिएका समस्याबारे छलफल गरेका छन् ।

Advertisement 1

कार्यक्रममा सहभागीले आल्मुनियमको गुणस्तर, अस्वस्थ प्रतिस्पर्धा र दररेट निर्धारणमा समस्या रहेको बताए । भेलाले बजारमा गुणस्तरीय आल्मुनियमका सामाग्री नपाइने समस्या रहेको र त्यसलाई मापदण्ड बनाएर सम्बोधन गर्नुपर्ने निर्णय गरेको छ ।

आल्मुनियमको मोटाइ विश्वभर न्युनतम १ दशमलव २ मिलिमिटर हुनुपर्ने मापदण्ड भएपनि नेपालमा शुन्य दशमलव ८ मिलिमिटरको प्रयोग भइरहेको कार्यक्रममा बताइयो । उपभोक्तामा आल्मुनियमको गुणस्तरीयताबारे जानकारी नहुँदा समस्या भएको ब्यवसायीको भनाइ छ  ।

Advertisement 2

उपभोक्तालाई झुक्याएर गुणस्तरहिन आल्मुनियम प्रयोग गराउनेमा बिचौलीयाको हात रहेको वक्ताहरुले बताए । ‘गुणस्तरीय आल्मुनियम सामाग्री उपलब्ध नहुँदा गुणस्तरमा प्रश्न उब्जेको छ,’ अल्फानका अध्यक्ष तेज राईले भने, यसले आल्मुनियम ब्यबसायीको विश्वासनीयतामा पनि प्रश्न उब्जाउने भएकाले तोकिएको गुणस्तरका आल्मुनियम मात्र आयात गर्ने प्रबन्ध मिलाउन सरकारसँग माग गर्छाैं ।’

 

प्रकाशित :२०७९ माघ ७, शनिबार २०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry