संवैधानिक निकायका ३८ पदाधिकारीले लिए शपथ

बुधबार बिहान राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक निकायका अध्यक्षहरुलाई शपथ ग्रहण गराएका छन्। त्यसपछि संवैधानिक निकायका अध्यक्षहरुले सदस्यहरुलाई शपथ गराएका छन्।
प्रतिनिधिसभा विघटनअगाडि गत ३० मंसिरमा भागबन्डाका आधारमा ३८ वटा संबैधानिक पदको निम्ति निर्णय गरिएकाहरुलाई अहिले रास्ट्रपतिबाट सपथ खुवाउने काम सम्पन्न भएको छ ।
उहीँ दिन अध्यादेश ल्याई लटरपटरमा नियुक्तिको सिफारिस र ४५ दिने भाका कटाएर सँसदीय सुनुवाइबिनै यो काम फत्ये गरिएको हो । निर्णयका निम्ति डाकिएको बैठकमा सभामुख र उपराष्ट्रपतिको उपस्थिति रहेन । सपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए।

Advertisement 1

हिजो निर्णय कार्यान्वयनको निम्ति बोलाइएको संबैधानिक परिषदको बैठकमा अनुपस्थित प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबरा भने हिजै नियुक्ति रोक्न परेको दिनेश त्रिपाठीको रिटका वावजुद आज शपथ ग्रहणमा साक्षी बस्न शीतल निवास पस्नुभएको छ । यो नियुक्तिमा उहाँले अख्तियारका निम्ति किशोर सिल्वालसहित सात वटा कोटा लिनुभएको बताइन्छ ।

संवैधानिक निकायमा सिफारिश भएका ४५ जनामध्ये ३८ जनाले शपथ लिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सुनाए ।

Advertisement 2

संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ जनाको संसदीय सुनुवाइका लागि ५ पुसमा संघीय संसद्मा पठाइएको थियो। तर, प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ हुन नसक्ने जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले सिफारिसलाई फिर्ता पठाएका थिए।

संवैधानिक निकायमा सिफारिश भएका व्यक्तिहरुको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। संसदीय सुनुवाइ हुन नसकेपछि उनीहरुलाई स्वतः नियुक्त गरिएको हो।

प्रकाशित :२०७७ माघ २१, बुधबार ११:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry