एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा सभा आज सम्पन्न भएको हो। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा आयोजना गरिएको थियो।

Advertisement 1

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा भएको हो। वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित :२०७९ पुष २६, मंगलवार १४:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry