६ मन्त्रालयको वेबसाइटबाटै सूचना दिने अधिकारीको नम्बर वेपत्ता

सिंहदरबारका शासक र प्रशासकहरुले नै सूचनाको हकसम्बन्धी निर्देशिकालाई लत्याउँदै आएको पाइएको छ । संविधानले नै प्रत्यायोजन गरेको सूचनाको हकसम्बन्धी कानुनलाई लत्याउँदै आएको छ ।
सरकारी निकाय राष्ट्रिय सूचना आयोगले,सरकारी निकायले प्रवक्ता,सूचना अधिकारी तोक्नुपर्ने र तिनका गतिविधि तथा जानकारी चाहिएको खण्डमा तिनैमार्फत सार्वजनिक हुनुपर्ने नीति अख्तियार गरेको छ ।
तर दूरदराजका सरकारी निकाय होइनन् कि सिंहदरबारभित्रकै आधा दर्जन सरकारी मन्त्रालयको वेब साइडबाटै सूचना अधिकारी र प्रवक्ताको सम्पर्क नम्बर गायब बनाइएको छ ।
Advertisement 1
नेपालको संविधानको मौलिक हकको धारा २७ मा प्रत्येक नागरिकलाई सूचनाको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । सरकारी निकाय राष्ट्रिय सूचना अयोगले समेत सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ बमोजिम सूचना अधिकारीकोकाम, कर्तव्य र जिम्मेवारी सम्वन्धी निर्देशिका, २०७३ जारी गरेर सरकारी कार्यालयले त्यहाँका गतिविधि तथा जानकारी सरल र सहज ढंगबाट जनतामाझ पुर्याउनका लागि भन्दै प्रवक्ता र सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको छ ।
Advertisement 2
सोही व्यवस्था अनुसार सिंहदरबारका अधिकांश मन्त्रालयले प्रवक्ता र सूचना अधिकारी त तोकेको छन् तर तिनका मोवाइल नम्बर त्यहाँ समावेश गरेको देखिदैन । कतिपयका अफिसियल ल्याण्ड नम्बर मात्र त्यहाँ उपलव्ध गरिएको छ । प्रवक्ता र सूचना अधिकारी तोकिए पनि तिनका नम्बर चाहिएको र भनेको समयमा उठ्दैन ।
Advertisement 3
अर्थ,कृषि,युवा तथा खेलकुद,रक्षा,खानेपानी र कानुन मन्त्रालयले अझैं पनि मन्त्रालयको प्रवक्ता र सूचना अधिकारीको मोवाइल नम्बर सार्वजनिक गरेका छैनन् । ती निकायले अफिसियल नम्बरमात्र वेबसाइडमा राखेका छन् ।
अर्थ मन्त्रालयले त्यहाँको प्रवक्तामा सहसचिव आनन्द काफ्ले र सूचना अधिकारीका रुपमा कमल कुमार भट्टराईलाई तोकेको छ तर तिनका सम्पर्क नम्बर भने कार्यालयको नम्बरमात्र राखिएको भेटिन्छ ।
यस्तै हबिगत छ,रक्षा मन्त्रालयको उस्ले प्रवक्ताको रुपमा प्रकाश पौडेल र सूचना अधिकारीको रुपमा कोमल पराजुलीलाई खटाएको छ । सो मन्त्रालयको वेब साइडमाट पनि ती अधिकारीहरुको मोवाइल नम्बर वेपत्ता पारिएको छ ।
उही हबिगत देख्न पाइन्छ कृषि मन्त्रालयको । प्रवक्ताको भूमिकामा प्रकाश कुमार सञ्जेल र सूचना अधिकारी तोकिएका छन्,प्रदीपचन्द्र भट्टराई यी दुबैको अफिसियल ल्याण्ड नम्बरमात्र त्यहाँ समावेश गरिएको छ । आवश्यक पर्दा र खोज्दा सो नम्बरमा यी दुबै कर्मचारीहरु उपलव्ध हुँदैनन् ।
यस्तै शिक्षा मन्त्रालयको प्रवक्ताको जिम्मेवारी भनेर दिपक शर्मालाई दिइएको भए पनि उनको अफिसियल टेलिफोन नम्बर समेत त्यहाँ राखिएको छैन । शिक्षाले प्रवक्ताको नम्बर लुकाएर राख्नु परेको छ । त्यहाँका सूचना अधिकारीका रुपमा धन बहादुर श्रेष्ठ तोकिएको छ । अफिसको नम्बरमात्र त्यहाँ राखिएको भेटिन्छ ।
पछिल्लो समय प्रवक्ता र सूचना अधिकारीको मोबाइल नम्बर गायब गर्ने सरकारी कार्यालयको सूची निकै लामो छ । यस्तै मध्येको अर्काे निकाय हो,युवा तथा खेलकुद मन्त्रालय ।
उसले प्रवक्ताको रुपमा शिवराम न्यौपानेलाई तोकेको छ भने सूचना अधिकारी डा कृष्णबहादुर घिमिरेलाई तोकिएको छ । उनीहरुको मोवाइल नम्बर त परको कुरा अफिसियल टेलिफोन नम्बर समेत वेबसाइडबाटै गायब बनाइएको छ ।
यस्तै भौतिक पूर्वाधार मन्त्रालयको वेब साइडबाट पनि प्रवक्ता र सूचना अधिकारीको मोवाइल नम्बर गायब बनाइएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले प्रवक्ताको रुपमा शिवप्रसाद नेपाललाई तोकेको छ । उनको पनि मोव्याल नम्बरमात्र मन्त्रालयले वेबमा राखेको पाइन्छ ।