देशरुपान्तरणको मियो नोकर नेतृत्व

रोबर्ट ग्रीनलीफ़ले सन् १९७० मा नोकरनेतृत्वको अवधारणा चिनाएसंगै पश्चिमामुलुकहरुले यसको अभ्यास गर्न थालेको देखिन्छ। नोकरनेतृत्वको अवधारणाले नेतृत्वले पहिला नोकर बन्नसक्नुपर्छ भन्ने मान्यता स्थापित गर्यो। अहिले पश्चिमामुलुकमा राजनीति, कर्मचारीतन्त्र र निजीक्षेत्रमासमेत यसको अभ्यास भैरहेको छ। चुनावमा मात्रै होइन, हामी प्रत्येक दिन हरेक क्षेत्रमा नेतृत्वको सामना गरिरहेका हुन्छौ। राजनिति वा कर्मचारीतन्त्रभित्र नेतृत्वका लागि होडवाजी हुन्छ, आखिर किनरु यस्तो खाले होडबाजीका पछाडि सामान्यतया दुईओटा मुख्य कारण रहेका हुन्छन्। पहिलो कारण शक्ति हत्याउने अभिलाषा हो भने दोस्रो मुख्य कारण जनताको सेवा गर्ने प्रवल ईच्छा हो।

Advertisement 1

जनताबाट प्राप्त शक्तिलाई सम्प्रभुकै सेवामा लगाउन नसकेकै कारण राजनैतिक र कर्मचारीनेतृत्व दुनियामा धेरै तरिकाले वदनाम भएका छन्। यौनस्क्यान्डल, भ्रस्टाचारकाण्ड, आफ्नो र पार्टीको स्वार्थ पूरा गर्न राष्ट्रिय स्वार्थकाविरुद्ध सन्धि वा सम्झौता गर्ने प्रवृत्ति, पछाडी परेका वा पारिएकाहरुमाथिको थिचोमिचो र राक्षसकोजस्तो शक्तिको भोक अप्रभावकारी, निरंकुस, जुम्सो, वदनाम र अलोकप्रिय नेतृत्वका केही उदाहरण हुन्। यस्ता खाले नेतृत्वका कारण देश, समाज, राजनीति वा कर्मचारीतन्त्रले सार्वजनिक क्षेत्रका आफ्ना साझा उद्देश्य हासिल गर्न सधै संघर्ष गरिरहनुपरेको अवस्था छ। तर, केही नेतृत्वले संसारमा असल कारण र वृहत्तर हितका लागि आफ्नो जीवनलाई समर्पण मात्रै होइन, वलिदान पनि दिएका छन्। यस्तो नेतृत्वले जनसेवालाई जहिल्यै पनि केन्द्रमा राख्ने काम गर्छ। यिनीहरुको ध्यान शक्तिलाई व्यक्तिगत लाभकालागि हत्याउनेतिर जादैन। यी नेताहरु जनताको सेवा गर्ने उद्देश्यले नेतृत्वमा आउने प्रयास गर्छन्। यो खाले नेताले नेतृत्वका दायित्व र सम्भावनाहरुलाई जनताको भलाईका लागि सहर्ष स्वीकार गर्दछन्। यस्ता नेताहरुलाई नोकरनेतृत्व भनेर बुझ्न सकिन्छ। मदर टेरेसा, नेल्सन मण्डेला, मार्टिन लुथर किङ्ग, महात्मा गान्धी र अब्राहम लिंकन वास्तविक नोकरनेतृत्वका चर्चित उदाहरण हुन्। यी सबैले आफ्नो विनम्रता, सामुदायिक भावना, ईमान्दारिता र नैतिकताका आधारमा जनताको सेवा गरेका थिए। यिनीहरुले कहिल्यै पनि आफुलाई जनता वा अनुयायीभन्दा ठूलो ठानेनन्।

अनुयायीलाई प्रभावित गर्ने, लक्षित समुहका आवश्यकता पहिचान गर्ने र निर्णय गर्ने कुरालाई नेतृत्वका विशेषताका रुपमा लिने गरिन्छ। नोकरनेतृत्वका लागि पनि यी विशेषता त्यत्तिकै लागु हुन्छन्। तर, नोकरनेतृत्वका लागि थप विशेषता हुनु त्यत्तिकै आवश्यक हुन्छ। यिनै थप विशेषताका कारण नोकरनेतृत्व अन्य नेतृत्वभन्दा फरक देखिन्छ। समग्रमा भन्नुपर्दा नोकरनेतृत्वको माइन्डसेट नै फरक हुन्छ। नोकरनेतृत्वले भुईमान्छे र आफुलाई समान ठान्छ। यही कुरोले नोकरनेतृत्वलाई अरु नेतृत्वशैलीबाट पृथक र विशेष बनाउछ। नोकरनेतृत्वले जसलाई नेतृत्व गर्छ उनीहरुलाई सहपाठीका रुपमा लिन्छ। नोकरनेतृत्वले अनुयायीहरुलाई सिकाउने मात्रै होइन, उनीहरुबाट सिक्ने काम पनि गर्छ। सबैले स्वीकार गरेका साझा उद्देश्य हासिल गर्ने दिशामा नोकरनेतृत्वले निरन्तर काम गर्छ।
नोकरनेतृत्वले जहिले पनि आफ्नो टिमलाई ससक्त बनाउने काम गर्छ। टिमले समुदायको भावना जगाउने काम गर्छ। नोकरनेतृत्व टिमका राम्रा पक्ष पहिचान गरेर अगाडी बढ्छ। नोकरनेतृत्वले कहिल्यै पनि आफ्ना अनुयायीहरुलाई जबर्जस्ती गरेर नेतृत्वको अभ्यास गर्न चाहदैन। वास्तवमा नोकरनेतृत्व सर्कसको रिङ्गमास्टर हो। सर्कसमा रिङ्गमास्टरले खेल देखाउने आफ्ना स्टाफलाई एउटा निश्चित दिशामा परिचालन गरेर आफु पछाडी हट्छ। यसका कारण सर्कसमा काम गर्नेहरुले बिना कुनै हस्तक्षेप दक्षताकासाथ आफ्नो काम फत्ते गर्नसक्छन्। त्यसैले नोकरनेतृत्वले राजनीतिमा वा कर्मचारीतन्त्रमा आफ्ना कार्यकर्ता वा अधिनस्थ कर्मचारीलाई सर्कसको रिङ्गमास्टरकोजस्तो व्यवहार गर्नुपर्ने हुन्छ। तर, दुखको कुरो नेपालमा राजनैतिक नेता र कर्मचारीतन्त्रका हाकिमसापहरुले यस्तो व्यवहार देखाउन सकेका छैनन्। किनकि उहाँहरु आजका दिनसम्म मालिक बन्ने धुन मै व्यस्त र मस्त छन्।

Advertisement 2

नेपालको राजनिति र कर्मचारीतन्त्रमा अपवादवाहेक नोकरनेतृत्व भेट्न कठिन नै छ। राजनैतिक दलहरुभित्र आन्तरिक लोकतन्त्रको खडेरी छ भने कर्मचारीतन्त्रभित्र सिकाइ संगठनको अभाव छ। यसका कारण उपल्लो तहमा रहेका राजनैतिक नेतृत्व र कर्मचारीले राजनैतिक कार्यकर्ता वा अधिनस्थ कर्मचारीलाई हप्काउने, पेल्ने र उनीहरुका विचारहरुलाई वेवास्ता गर्ने कार्य सामान्य नै भएको छ। पार्टी वा कर्मचारीतन्त्रभित्र सिक्ने र सिकाउने संस्कारको विकास हुन सकेको छैन। जनता र आफ्ना अनुयायीहरुलाई जवर्जस्ती नेतृत्व गर्न खोज्नु नेपाली राजनीति र कर्मचारीतन्त्रको संस्कार नै भएको छ। राजनैतिक र कर्मचारीनेतृत्व समुद्रजस्तै हुनुपर्ने हो। किनकि समुद्र जहिले पनि पहाडबाट निस्किने नदी र खोलानालाहरुलाई हार्दिकताकासाथ आफुमा समाहित गर्छ। समुद्र जहिले पनि आफुलाई नदी र खोलानालाभन्दा मुनि नै राख्छ। त्यही भएर समुद्रले पहाडबाट निस्किने सबै नदी र खोलानालाहरुमाथि शासन गर्न समर्थ भएको छ। अहिले नेपालमा राजनीति लगायत अन्य सबै संस्थाहरुमा यस्तै खाले नोकरनेतृत्वको आवश्यकता छ। जब नोकरनेतृत्वले सबैलाई समान ठान्छ तब मात्रै आममानिस आफ्ना समस्याहरुका बारेमा आवाज उठाउन सफल हुन्छन्। यसका साथै जनताले आफुमा रहेका सम्भावनाहरुलाई प्रस्फुटन गर्ने अवसर पाउछन्। तर,दुर्भाग्यको कुरो विभिन्न संस्थाहरुमा विद्यमान नेतृत्वशैलीका कारण आममानिस नेतृत्वलाई प्रश्न गर्नसक्ने अवस्थामा छैनन्। आममानिस र अनुयायीहरु नेतृत्वलाई प्रश्न गर्न डराउछन। किनकि लोकतन्त्रमा पनि नेतृत्व निरङ्कुश छ। नेतृत्वले अनुयायीहरुमाथिको दबदबालाई आफ्नो सफलता ठान्छ। के यो लोकतान्त्रिक संस्कारका बिरुद्द छैनरु नेतृत्वमा पुग्नेहरुले आफ्ना अनुयायी र आमजनताको आवाजलाई जबसम्म दबाउने काम गर्छन तबसम्म नोकरनेतृत्वको अवधारणाले मूर्तरूप लिन मुश्किल नै छ।

यो भन्दा अझै गजबको कुरो त के छ भने आफ्ना अनुयायीहरुका सल्लाह र सुझावलाई आत्मसात् नै नगरी आफ्नो कुरो मात्रै थोपर्नु कहाँसम्म सही होरु यसको अर्थ नोकरनेतृत्व अभ्यासमा छैन भन्ने संदेश प्रवाह गर्नु हो। यस्ता क्रियाकलापले मनि, मसल र अर्थहीन भाषण गर्ने नेताहरु नै सत्तामा जान सफल हुन्छन्। के ऐतिहासिक जनआन्दोलनहरु यही दिन देख्नका लागि भएका थिएरु के शहिदहरुले यसैका लागि शाहदत दिएका थिएरु नोकरनेतृत्वले आफ्ना सहपाठीसंग आफ्ना दायित्व र फाइदा समानरुपमा साझा गर्ने गर्दछन्। यसका कारण सबै सरोकारवालाहरुले फाइदा लिनसक्छन्। नोकरनेतृत्वले शक्तिलाई ईमान्दारीकासाथ प्रयोग गर्छ। नोकरनेतृत्वले नेतृत्व र शक्तिलाई कानूनसम्मत ढंगले प्रयोग गर्छ। यो सबै उसले आममानिसको भलाईका लागि गर्छ। नोकरनेतृत्वले आफ्नो व्यक्तिगत अभीष्ट पुरा गर्नुभन्दा पनि आमजनताको वा कर्मचारीको भलाईका लागि नेतृत्वलाई साधनका रुपमा प्रयोग गर्छ। नोकरनेतृत्वको पहिलो कार्य जनताको सेवा हो। यसैको धरातलमा उसले नेतृत्व गर्छ। जनताका आवश्यकता पूर्ति गर्ने कामलाई आफ्नो पहिलो प्राथमिकता बनाउछ। नोकरनेतृत्वले जहिले पनि प्रत्येक दिनका नियमित क्रियाकलापमा बढी ध्यान दिन्छ। हामी सोच्छौ असल र सफल नेतृत्वले त ठुलाठुला भाषण गर्छन्। नोकरनेतृत्वले सफलतापुर्वक काम गर्न प्रत्येक व्यक्तिको राय लिदै उनीहरुका समस्या समाधानतिर लाग्छ। नोकरनेतृत्वले मनि, मसल र बेतुकका भाषणमा ध्यान दिदैन। नोकरनेतृत्वले अरुको कुरो सक्रिय भएर सुन्छ। आफ्ना अनुयायीहरुका विचार र सोचको कदर गर्दै त्यसबाट सिक्ने काम गर्दछ। यो नोकरनेतृत्वको सबैभन्दा सुन्दर पक्ष हो।

Advertisement 3

नेपाली राजनिति र कर्मचारीतन्त्रभित्र नोकरनेतृत्वको आभ्यास नभएकाकारण कुनै पनि नेता वा कर्मचारी एकपटक माथिल्लो पदमा जाने बित्तिकै अर्को पटक अनुयायी बन्न तयार हुदैनन्। राजनैतिक दलहरुभित्र एकपटक ूदाू वा ूबाू वा ूकमान्डरू बनेपछि अर्को पटक कार्यकर्ता बन्न कोही पनि तयार हुदैनन्। कर्मचारीतन्त्रभित्र एकपटक कार्यालयप्रमुख भैसकेपछि अर्को पटक अरु कुनै कार्यालयप्रमुखअन्तर्गत रहेर काम गर्न अप्ठ्यारो मान्ने चलन छ। त्यसैले जबसम्म नेपालको राजनिति र कर्मचारीतन्त्रभित्र अनुयायी बन्न सक्ने संस्कार र क्षमताको प्रदर्शन हुदैन तबसम्म नोकरनेतृत्वको जन्म हुन गारो छ। अनुयायीको सोच्ने र सम्झिने शंक्ति नै नेतृत्वबाट दबाउने काम भयो भने राजनैतिक दल र कर्मचारीतन्त्र एउटा असल समुदाय नै बन्न सक्दैन। राजनैतिक दल र कर्मचारीतन्त्रभित्र समुदायको भावना सिर्जना गर्न सकिएन भने राजनैतिक दलभित्र आन्तरिक लोकतन्त्रको अवस्था के होलारु त्यसरी नै कर्मचारीतन्त्रभित्र समुदायको भावाना सिर्जना हुनसकेन भने सम्पूर्ण कर्मचारीको मनोवलमा कस्तो असर पर्लारु अन्तिममा कर्मचारीतन्त्रले गुणस्तरीय सेवाप्रवाह कसरी गर्नसक्लारु चाहे राजनीतिमा होस् वा कर्मचारीतन्त्रमा, नेतृत्वले पैसा, सत्ता र शक्तिका कारण म पहिले नोकर हो अनि मात्रै नेता हु भन्ने कुरो विर्सिन्छ। यसका कारण नेतृत्वले सेवालाई प्राथमिकतामै नराखी संस्था र राजनीति हाक्न थाल्छन्। त्यसैले नेता पहिले बन्ने वा नोकर पहिले भन्ने कुरो आजको वहसको विषय हुनुपर्छ। नोकरनेतृत्वले सेवालाई पहिलो स्थानमा राख्नुपर्ने हुन्छ। नोकरनेतृत्वमा शक्ति, प्रभाव, प्रसिद्धी र पैसाका लागि आशक्ती हुदैन। आममानिसका आवश्यकता, संघर्ष, सवल पक्ष र कमजोरीहरु थाहा नपाइकनै राजनैतिक वा कर्मचारीनेतृत्वले कसरी उनीहरुका समस्याहरु समाधान गर्नसक्लान्रु चुनाव सम्पन्न हुने वित्तिकै राजनैतिक नेतृत्वले आममानिसबाट दुरी बनाएर आफ्नो मात्रै स्वार्थ पुरा गर्नतिर लाग्नु भनेको मालिक नेतृत्वको अभ्यास हो भन्दा फरक नपर्ला। नेतृत्वले पहिला नोकर बन्न सकेन भने देशमा जतिसुकै राम्रा नीति, रणनीति, कार्यक्रम र योजना भए पनि व्यवहारमा रुपान्तरण गर्न सम्भव हुदैन। त्यसैले राजनीति र कर्मचारीतन्त्रका लागि देशरुपान्तरणको मियो नै नोकरनेतृत्व हो भन्दा कसैको विमति नहोला।

(मदन नाथ क्यानाडाको अल्बर्टा प्रदेश सरकारको वालवालिका मन्त्रालय अन्तर्गत निजामती कर्मचारीको रुपमा कार्यरत् छन्। उहाँले क्यानाडाको क्याल्गेरी विश्वविद्यालयबाट अन्तररास्ट्रिय र सामुदायिक विकासमा स्नाकोत्तर गरेका छन्)

शैक्षिक क्षेत्रका उत्कृष्ट देशहरुमा समान शैक्षिक पक्ष

प्रकाशित :२०७९ पुष १३, बुधबार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry