विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि छलफल
Advertisement 1
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा भएका असल अभ्यास, चुनौती, अन्तर र अवशरहरुको पहिचान सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा संघिय, प्रदेश र स्थानिय सरकारको विद्यमान निती नियम, बजेट तथा कार्यक्रम र यसको कायन्वयनको चरणमा देखिएका चुनौती तथा अन्तरहरु र आगामी दिनमा गर्न सकिने सहकार्यहरुको विषयमा बृहत छलफल भएको छ ।
Advertisement 2
युरोपेली युनियन मानविय सहयोग विभागको आर्थिक सहयोग तथा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, पिपुल ईन निड, सेभ द चिल्ड्रेन र स्कट विलसन नेपालको साझेदारीमा सञ्चालित कार्यक्रममा गाउँपालिका अध्यक्ष नुर्बुसाङ्बो घले, उपाध्यक्ष चन्द्र बहादुर तामाङ, प्रमुख प्रशासकिय अभिकृत नेत्रराज गिरी तथा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका अन्तर्गत विषयगत शाखाका प्रमुख तथा प्रतिनिधीहरु, स्थानिय संघ, संस्थाका प्रतिनिधीहरु, सुरक्षा निकायका प्रतिनिधी लगायत गरी ५१ जनाको सहभागीता रहेको थियो ।
Advertisement 3
नौकुण्ड गाउँपालिकामा सञ्चालित कार्यक्रममा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनमा संघीय, प्रदेश तथा स्थानीय सरकारको नितीगत व्यवस्था, बजेट उपलब्धता र स्थानीय तहको प्रयासहरुको बारेमा प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरीले प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी विपद जोखिम न्युनीकरण, रोकथाम, पुर्व तयारी, पुर्वकार्य तथा प्रतिकार्यमा स्थानीय तहमा मानवीय संशाधनको अवस्था, प्राविधिक क्षमता, र वितिय व्यवस्थापन ९बजेटको उपलब्धता० तथा लागत साझेदारीको सम्बन्धमा चुनौती, अन्तर तथा अवसरहरुको पहिचानका सन्दर्भमा ४ समूहमा छलफल तथा प्रस्तुतीकरण भएको थियो ।
त्यसैगरी विपद्ले विद्यमान सामाजिक सुरक्षा कार्यक्रममा पारेको असर र त्यसको समाधान तथा विपदको समयमा कसरी सामाजिक सुरक्षा कार्यक्रमलाई छिटो, छरितो र कम खर्चिला बनाउन सकिन्छ भन्ने उपायहरुबारे पनि छलफल भएको थियो ।
कार्यक्रमको अन्तिममा प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरी, गाउँपालिका उपाध्यक्ष चन्द्र बहादुर तामाङ तथा गाउँपालिका अध्यक्ष नुर्बुसाङ्बो घलेले नौकुण्ड गाउँपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको पाटोमा संघिय सरकार, प्रदेश सरकार, जिल्ला तथा विभिन्न संघ, संस्था र समुदायसंग हातेमालो गर्दै आवस्यक पूर्वतयारी र प्रतिकार्यका कार्यहरु, प्रकृतिमैत्री विकास निर्माण, सचेतना, क्षमता विकासका कार्यहरु गर्दै नौकुण्ड गाउँपालिकालाई विपद् जोखिम न्युनिकरणका तथा व्यवस्थापन कार्यमा नमुना बनाएर विपदबाट हुने क्षतीहरु कम गर्नका लागि सर्धै लागिपर्ने प्रतिबद्धता जनाउनुभएको छ ।