काठमाडौंमै बर्डफ्लु,२५०० पक्षीं नष्ट,पशु विभागले जारी गर्‍यो ४ बुँदे अपिल

काठमाडौंमै बर्डफ्लु देखिएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु पुष्टि भएको हो । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् ।

Advertisement 1

शुक्रबार बर्डफ्लु पुष्टि भएपछि सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको छ । विभागले १ हजार ८६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला, फुटुङमा साढे २५ सय पन्छी नष्ट गरिएको छ।

Advertisement 2

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिसकिएको विभागले जनाएको छ।

विभागका अनुसार १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हो। रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिएको विभागले सूचना जारी गरी जानकारी दिएको छ।

Advertisement 3

पुश सेवा विभागले बर्डफ्लु फैलन नदिन ४ बुँदे अपिल समेत गरेको छ । विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न वा गराउन आग्रह गरेको छ । यस्तै, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न वा गराउन हुन, फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन हुन र कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गरिदिन हुन अपिल समेत गरेको छ ।

प्रकाशित :२०७७ माघ १८, आईतवार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry