बैंक अफ काठमाडौंको साधरणसभामा शेयरधनीद्धारा बबाल

बैंक अफ काठमाण्डूको आफ्नो २८औं वार्षिक साधारण सभामा शेयरधनीहरुले बबाल मच्चाएका छन् । आज शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा मनाइएको साधरणसभामा संस्थागत सुशासनको बिषय निकालेर केही शेयरधनीहरुले लफडा मच्चाएका हुन ।

Advertisement 1

गणपुरक संख्या नपुगेर साधारण सभामा कोरम नपुगेका कारण निर्धारित समयभन्दा निकै ढिला गरी शुरु भएको साधरण सभामा मिडियालाई समेत प्रवेश निषेध गरिएपछि झनै लफडा मच्चिएको थियो ।

कम्पनी ऐन २०६३ अनुसार कुल चुक्ता पुँजीको ५० प्रतिशतभन्दा बढी शेयरधनी उपस्थित भएको एकिन भएपछि मात्र सभा सञ्चालन गर्नुपर्ने कानुनी ब्यवस्था छ ।
तर कोरम संख्या नपुग्दै साधरणसभा गर्न लागिएपछि केही समय हंगामा भएको छ । विवादका कारण झण्डै एक घण्टा ढिलो गरी शुरु भएको साधरणसभामा शेयरधनीले
बैंकले नेपाल राष्ट्र बैंकलाई तिर्नुपर्ने २ करोड ७९ लाख ९ हजार ६ सय ८८ रुपैयाँ जरिवाना तिरेर मात्र लेखापरीक्षण प्रतिवेदन पास गर्न माग गरे पछि केही बेर लफडा मच्चिएको थियो ।

Advertisement 2

स्मरण रहोस केही दिन अघिमात्र केन्द्रीय बैंकले बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिराएको छ । बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बैंकले तोकेअनुसार प्रवाह नगरेपछि जरिवाना तिर्नुपरेको बताइन्छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था गरेको भए पनि अटेरी गरेका कारण केन्द्रीय बैंकले बिओकेलाई कारबाही गरेको थियो ।

Advertisement 3

सो बैंकले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा पनि कारोबार गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्केलाई बोलाएर सचेत समेत गराएको थियो।

आजको २८ औं साधरणसभा सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा साधारणसभामा सम्पन्न भएको छ ।

बैंकको साधरणसभाले ०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४ दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको छ ।

प्रकाशित :२०७९ मंसिर २३, शुक्रबार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry