महाअभियोग निस्क्रिय,अब चोलेन्द्र एक सातालाई प्रधानन्यायाधीश
Advertisement 1
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ ।
संसदका महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएसँगै उनीमाथि दश महिना अगाडि लगाइएको महाअभियोग प्रस्ताव निस्क्रिय भएको छ ।
Advertisement 2
संसद सचिवालयका अनुसार चोलेन्द्र शमशेर राणाले हिजोमात्र संघीय संसदका महासचिवलाई सम्बोधन गर्दै महाअभियोग निष्प्रभावी भएको जानकारी माग गरेका थिए ।
राणाको माग बमोजिम संसद् सचिवालयका महासचिव भरतराज गौतमले चोलेन्द्रमाथिको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै पत्र थमाएका थिए ।
Advertisement 3
सर्वोच्च प्रशासनले चोलेन्द्रमाथिको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र आफूहरुले पाएको जनाएको छ ।
संसद सचिवालयले सर्वाेच्चलाई पठाएको पत्रमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी भएको र नियमित कार्यसम्पादन गर्न दिनु भन्ने व्यहोरा उल्लेख गरिएको छ ।
महाअभियोग निस्क्रिय भएको पत्र हात परेसँगै राणा आजै काममा सर्वाेच्च अदालत फर्कने तयारीमा छन् ।
चोलेन्द्रको कार्यकाल अब केबल एक सातालाई बाँकी छ। आगामी २७ गते अनिवार्य अवकाश पाउँदैछन्। यस्तोमा उनी बुधबारदेखि एक सातालाई सर्वोच्चको प्रधानन्यायाधीशका रुपमा काम गरेर अवकाशमा जानेछन्।
चोलेन्द्रलाई रोक्ने कसरतमा कानुन व्यवसायी
निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने भएसँगै कानुन व्यवसायीहरु अदालतको गेटमै धर्नामा बसेका छन् ।
राणाले आज बिहानै संघीय संसद सचिवलायबाट निलम्बनको क्लिन चिट लिएर सर्वोच्च अदालत फर्कन लागेसँगै अहिले रामशाहपथमा कानुन व्यवसायीहरु राणालाई रोक्न धर्नामा बसेका छन् ।
राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै नेपाल बार र सर्वोच्च बारका पदाधिकारी धर्नामा बसेका हुन्।
धर्नामा बसेकाहरुमा पूर्णमान शाक्य,चण्डेश्वर श्रेष्ठ, बार अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत सयौंका संख्यामा कालो कोटवालाहरु अहिले धर्नामा बसिरहेका छन् ।
उता राणा सर्वोच्च फर्कने तयारी गरिरहेसँगै ठोस निर्णय लिन सर्वोच्च फुलकोर्टको बैठक अहिले ब