सुकुम्बासी समस्याको दीर्घकालिन समाधानको उपाय
– गत बैशाख महिनातिरको एक समाचारअनुसार ४० लाख सुकुम्बासीले जग्गाको पुर्जा नपाए स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने धम्की दिएको सुन्नमा आएको थियो ।
– देशमा तथ्यपूर्ण तरिकाले न्यायिक छानविन हुने हो भने ४० लाख होइन १ लाखको हाराहारिमा वास्तविक सुकुम्बासी पाइनेछन् ।
– यो सबै भूमाफियाले नक्कली सुकुम्बासी खडा गरी जग्गा हडप्ने रणनीतिको उपज मात्र हो ।
– नेपालमा वास्तविक सुकुम्बासीको संख्या अत्यन्त न्यून छ । सुकुम्बासी पहिचानको स्पस्ट आधार वा मापदण्ड पनि निर्धारण हुन सकेको छैन । जे जस्ता आधार वा मापदण्ड निर्धारण गरिन्छन् तिनको पालना पनि गरिएको छैन ।
-जो वास्तविक सुकुम्बासी हो उसको अवस्था दयनीय छ । भूमाफियाले सेटिङ गरी सुकुम्बासी बनाइएका नक्कली सुकुम्बासीहरु भने मालामाल भएका छन् ।
-नक्कली सुकुम्बासी हरेक सुकुम्बासी बस्तीका हर्ताकर्ता हुन्छन् । तिनैका नाइकेहरुले वास्तविक सुकुम्बासीसँग विभिन्न नाममा पैसा उठाउँछन् र भूमाफियालाई बुझाउँछन् । नाइकेहरुले अन्य विभिन्न तरिकाले वास्तविक सुकुम्बासी उपर शोषण गरिरहेका हुन्छन् । यसबारेमा हालसम्म कसैले औपचारिक रुपमा अध्ययन गरेको थाहा छैन ।
-भूमि अधिकार मञ्च नामक संस्थाले शुरुको समयमा वास्तविक सुकुम्बासीको हितमा काम गर्ने प्रयास गरेको भए तापनि हाल सो संस्था पनि भूमाफियाको चङ्गुलमा फसिसकेको छ । यसले भूमाफियाको सेटिङ अनुसार सुकुम्बासीको संख्या बढाएर देखाउने काम गरिरहेकोछ ।
-दलगत आधारमा गठन भएका तथाकथित आयोग वा समिति वा कार्यदलहरुले भूमाफियासँगको मिलोमतोमा वास्तविक सुकुम्बासीहरुलाई वेवास्ता गर्दै भूमाफियाले खडा गरेका नक्कली सुकुम्बासीलाई वास्तविक सुकुम्बासी भन्दै जग्गा वितरण गर्ने गरेका छन् ।
-यदि निष्पक्ष छानविन गर्ने हो भने हालसम्म सुकुम्बासी भनेर पुर्जा दिइएका अधिकांश मान्छेहरु नक्कली भेटिनेछन् ।
अव यो स्पस्ट भइसकेकै छ कि यी सबै दल मिलेर सार्वजनिक तथा सरकारी जग्गा सखाप नै पार्ने भए । किन कि –
-भूमी सम्बन्धी ऐन, २०२१ मा २०७६ सालमा भएको ८औं संशोधनले देशको धेरै जमीन भूमाफियाको हातमा पुग्ने व्यवस्था गरेको छ ।
-भूमाफियाको सेटिङ्मा सरकारले पेश गरेको विधेयक संसदले पारित गरेर अत्यन्त ठूलो भूल गरेको थियो । यही व्यवस्थालाई टेकेर सरकारले २०७६ मा आयोग गठन गरेको थियो । भूमिसम्बन्धी समस्या भनेपनि सो आयोग सुकुम्बासी समस्यामा केन्द्रित आयोग थियो ।
-वर्तमान सरकारले गठन गरेको पछिल्लो भूमि आयोग पनि त्यही चरित्रको छ ।
-सुकुम्बासी समस्या पञ्चायतकालदेखि नै विवादित बन्दै आएको विषय हो । त्यो वेला पनि विभिन्न आयोगहरु गठन भए र सुकुम्बासीका नाममा धेरै सार्वजनिक र सरकारी जग्गाहरु व्यक्तिका नाममा दर्ता गरियो ।
-२०४८ सालपछि दलगत स्वार्थ अनुरुप भोटको राजनीतिका रुपमा सुकुम्बासी समस्या देखा पर्यो । त्यसपछि नै भूमाफियाले सुकुम्बासी समस्यामा प्रवेश पायो र सुकुम्बासी समस्या पूर्णत भूमाफियाको कब्जामा पुग्यो ।
-सरकार फेरिंदै पिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि होलान्) को संलग्नतामा आयोगहरु बन्ने र भूमाफियाको सेटिङ् अनुरुप पार्टीका कार्यकर्तालाई सुकुम्बासीको रुपमा प्रस्तुत गर्दै सार्वजनिक र सरकारी जग्गाहरु वितरण गर्ने अभियान नै चल्यो । अहिलेसम्म यो अभियान चलिरहेकै छ ।
-अधिकांश भूमिसुधार मन्त्री बन्नेहरु भूमाफियाका एजेन्ट जस्तो भएर काम गर्ने गर्छन् ।
-यसरी देशमा सुकुम्बासीको नाममा पार्टीका लठैत र भूमाफियाहरुले अत्याचार गरिरहेका छन् ।
उपाय के छ ?
-हालसम्मका सुकुम्बासी आयोगहरुले सुकुम्बासी भनी गरेका निर्णय र जग्गा वितरण गर्ने गरी भएका सबै निर्णयका सम्बन्धमा छानविन गर्न विज्ञहरु सहितको एक न्यायिक आयोग गठन गर्ने ।
-उक्त आयोगले निश्चित मापदण्डहरुका आधारमा छानविन गरी प्रतिवेदन दिने ।
– यसबाट वास्तविक सुकुम्बासीको पहिचान पनि हुन सक्छ ।
छानविन कसरी गर्ने ?
– छानविन आयोगले सुकुम्बासीसँग तीन पुस्ते माग्नासाथ उनिहरुको पुर्ख्यौली थातथलो (जिल्ला गाउँ बस्ती) पत्ता लाग्छ । सम्भवत धेरैले आफ्नो विवरण नै नदिई बसिरहेको ठाउँबाट अन्यत्र जानेछन् ।
– आयोगले नेपाल प्रहरीको सी आइ बी सेलको सहयोग लिएर अनुसन्धान गराउने व्यवस्था गर्नुपर्छ ।
– यसरी भूमाफियासँग मिलेर घुस खाएर सुकुम्बासीको प्रमाणपत्र दिने र जग्गा वितरण गर्नेहरुको वास्तविकता पनि पत्ता लाग्नेछ ।
– काठमाण्डौ उपत्यकाबाट यस किसिमको छानविन गरेपछि अरु जिल्लामा यो कार्य निकै सहज
हुनेछ । किन कि नक्कली सुकुम्बासीहरु आफुले ओगटेको सार्वजनिक जग्गा छोडेर हिंडिसक्ने छन् ।
– सानो संख्यामा रहेको वास्तविक सुकम्बासीको पहिचान हुनेछ । उनिहरुको व्यवस्थापन गर्न सरकारले उचित उपायहरु अपनाउन सक्नेछ ।
अव हेरौं, नयाँ जोशसहित निर्वाचित सांसदहरुले यस बारेमा के गर्दा रहेछन् !
प्रकाशित :२०७९ मंसिर १५, बिहीबार १०:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%