पूर्व सामान्य प्रशासनमन्त्री पण्डित पराजित
पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई हराउँदै मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेसका उम्मेदवार डा शेखर कोइराला विजयी भएका छन् ।
कोइरालाले ३५ हजार २१८ मत पाउँदा पण्डितले २२ हजार ९३२ मत प्राप्त गरेका हुन ।
Advertisement 1
कोइरालाले पूर्वमन्त्री पण्डितलाई १२ हजार २८६ को भारी मतान्तरले पराजित गरेका हुन ।
सो निर्वाचन क्षेत्रमा ८५ हजार ३७१ मत खसेकोमा ४ हजार ९५४ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस अघि २०७४ सालको निर्वाचनमा नेता कोइराला एमाले स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री समेत रहेका पण्डितसँग पराजित भएका थिए ।
प्रकाशित :२०७९ मंसिर ९, शुक्रबार ०९:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%