नेपालमा सूर्य ग्रहण शुरु,ग्रहणमा के गर्ने-के नगर्ने ?

नेपालमा सूर्य ग्रहण सुरु भएको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आज दिउँसो नेपाली आकाशमा ४ः ५२ बजे स्पर्श गर्नेछ । ग्रहण ३२ मिनेट लाग्ने जनाइएको छ ।

Advertisement 1

नेपालको पश्चिमी क्षेत्र महेन्द्रनगरबाट देखिने सूर्य ग्रहण क्रमसः पूर्वी भेगमा सर्दै जाने जनाइएको छ । वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका अनुसार सूर्य ग्रहण महेन्द्रनगरमा ४ः४७मा, पोखरामा ४ः५१, काठमाडौंमा ४ः५४, भद्रपुर र जनकपुरमा ४ः५८ बजे देखिने छ।

काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।
यो वर्षको कात्तिकमा दुई साताको अन्तरमा सूर्यग्रहण र चन्द्रग्रहण लाग्ने भएको छ । कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (आंशिक) सूर्यग्रहण लाग्दैछ । आगामी २२ गते मंगलबार पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्ने बताइएको छ । कात्तिक २२ को चन्द्रग्रहण भने साँझ ५ बजेर ११ मिनेटमा सुरु भई भोलिपल्ट बिहान ६ बजेर ३४ मिनेटमा समापन हुन्छ।

Advertisement 2

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिकग्रन्थमा वर्णन गरिएको छ।

ग्रहणका बखत अन्य शुभकार्य निषेध भए पनि दान, पुण्य, तीर्थ, व्रत, जप, होम, उपासना, अनुष्ठानका लागि यो उत्तम समय हो। मन्त्र दीक्षा ग्रहण गर्न यतिबेला उत्तम हुन्छ। स्नानमध्ये नदी किनारा वा समुद्रछेउको स्नान बढी पुण्यदायी हुन्छ। जमेको भन्दा बगेको पानीले स्नान गर्नुपर्ने हुनाले घरबाहिर गएर स्नान गर्ने चलन बढेको हो।

प्रकाशित :२०७९ कार्तिक ८, मंगलवार १७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry