यातायात कार्यालय प्रमुखको पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी

 

Advertisement 1

यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्।
थापाले महोत्तरी क्षेत्र नम्बर १ बाट उनले प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। आइतबारै राजीनामा स्वीकृत भइसकेपछि उम्मेदवारी दर्ता गराएको थापाले जानकारी दिए।

स्वतन्त्र समूहबाटै प्रदेशसभातर्फ १ को ‘क’ बाट युवराज पोखरेल र ‘ख’ बाट विनोद महतोले उम्मेदवारी दिएका छन्। मालपोत, नापी, ईलाका प्रशासन कार्यालयलगायतका कार्यालयमा काम गरेको थापाको अनुभव छ।

Advertisement 2

 

प्रकाशित :२०७९ आश्विन २३, आईतवार १९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry