मन्त्रीको छोरा पक्राउ
सवारी ज्यान मुद्धामा डामिएर फरार रहेका बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ । गत बर्ष २ पुसमा कैलालीको टीकापुरमा बबीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएको थिए । पछि उपचारको क्रममा उनको १० दिनपछि मृत्युु भएको थियो । घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्कविहीन रहेका थिए ।
Advertisement 1
झण्डै एक बर्षसम्म फरार अबस्थामा रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक अर्थात डीएसपी वेदप्रकाश जोशीका अनुसार सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई हिजो प्रहरीले पक्राउ गरेको हो । बबी सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा हुन ।