रसुवाका ठेकेदार उम्मेद्धारले निर्वाचनमा २७ लाखभन्दा बढी खर्च गर्न नपाउने

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुन लागेको प्रदेश र संघीय निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ। आयोगले विभिन्न ५ क्षेत्र छुट्टाएर सो अनुसार अधिकतम खर्चको प्रस्ताव गरेको हो ।
आयोगका अनुसार, प्रतिनिधि सभाका ५ वटा निर्वाचन क्षेत्रका उम्मेद्धारले अधिकतम २५ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव गरिएको छ भने २३ वटा प्रतिनिधि सभाका निर्वाचन क्षेत्रका उम्मेद्धारले अधिकतम २७ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव गरिएको छ ।
यस्तै ६६ वटा निर्वाचन क्षेत्रका उम्मेद्धारहरुले अधिकतम २९ लाखसम्म खर्च गर्नसक्नेछन् भने ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रका उम्मेद्धारको संख्या ४४ छ र बाँकी २७ वटा निर्वाचन क्षेत्रका उम्मेद्धारले अधिकतम ३३ लाख सम्म खर्च गर्न पाउने जनाइएको छ ।
Advertisement 1
रसुवाबाट नेपाली काँग्रेसको तर्फबाट ठेकेदार मोहन आचार्य उम्मेद्धारमा सिफारिस भएका छन् भने एमालेको तर्फबाट तीन जना उम्मेद्धार सिफारिस भएका छन् । सिफारिसको अन्तिममा ठेकेदार जनार्दन ढकालको नाम सिफिारिस भएको छ ।यो यही ठाउँ हो जहाँ गत स्थानीय तहको निर्वाचनमा एउटा वडा अध्यक्षले जित्नका लागि ३० लाख खर्च गरेका थिए । अघिल्ला ०७४ को निर्वाचनमा समेत दुबै ठेकेदारले करोडौं रकम खर्चे गरेका थिए ।
एउटामात्र संघीय निर्वाचन क्षेत्र रहेको ३९ हजार ४५९ मतदाता रहेका छन् । कूल ५२ वटा मतदान केन्द्र रहेको रसुवाका प्रदेश सभाका उम्मेद्धारले अधिकतम १७ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव गरिएको छ ।
Advertisement 2
यस अघि गत २०७४ को निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवारले २५ लाख र प्रदेश सभाका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो।