मैनालीलाई महालेखा नियन्त्रकको जिम्मेवारी

सरकारले महालेखा नियन्त्रकको जिम्मेवारी सचिव हरि मैनालीलाई दिएको छ ।

Advertisement 1

महालेखा नियन्त्रका रुपमा कार्यरत रहेका सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर सो ठाउँमा हरिप्रसाद मैनालीलाई खटाइएको हो ।
झण्डै १३ महिना महालेखा नियन्त्रक बनेर काम गरेका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएको छ भने उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका हरिप्रसाद मैनालीलाई महालेखा नियन्त्रक बनाएर पठाइएको छ।

गृह हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका टेकनारायण पाण्डे भने उपराष्ट्रपति कार्यालयतिर लखेटिएका छन् ।

प्रकाशित :२०७९ आश्विन ४, मंगलवार २०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry