विद्यार्थीलाई सहयोगको नाममा नेपाल एसबिआई बैंकको बदमासी !

नेपाल एसबिआई बैंकले विद्यार्थीलाई सहयोगका नाममा बदमासी गरेको पाइएको छ । बैंकले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सिरहाको फुलवरियामा सहयोग गर्ने नाममा कलिला विद्यार्थीलाई विज्ञापनमा प्रयोग गरेको पाइएको हो ।

Advertisement 1

यो एक किसिमको बदमासी गरेको विज्ञापन बोर्डका एक अधिकारी बताउँछन् ।

सिरहाका फुलवरिया वडा नम्बर ८ मा रहेको श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकले झोला वितरण गरेको छ ।

Advertisement 2

मंगलबार विज्ञप्तिमार्फत बैंकले आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला वितरण गरिएको कथन दिएको छ । भन्नलाई बैंकले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला वितरण गरिएको भनेपनि विद्यार्थीको प्रयोग गरेर विज्ञापन गर्न खोजेको देखिन्छ ।

बैंकले विद्यार्थीलाई उपलब्ध गराएको झोलामा बैंकको लोगोसहित बैंकको बारेमा उल्लेख गरी प्रचार गरिएको छ । ‘बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समयदेखि गर्दै आइरहेको छ’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।\

Advertisement 3

विपन्नलाई सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख गरेपनि बैंकले विज्ञापन गर्ने रणनीति अन्तर्गत सो गरेको बोर्डका ती अधिकारी बताउँछन् ।

विद्यार्थीलाई रणनीतिक रुपमा विज्ञापनमा प्रयोग गर्न नहुने बोर्डका ती अधिकारीको भनाइ छ । ‘विपन्न विद्यार्थीलाई फाइदा पुग्ने त बैंकले रणनीतिक रुपमा भनेको मात्रै हो’ बोर्डका ती अधिकारीले भने, ‘वितरण गरिएको झोलामा उल्लेख विवरण अनुसार विपन्नलाई हुने फाइदा भन्दा पनि बैंकले आफ्नो प्रचारप्रसार बढी प्रयोग गरेको देखिन्छ ।’

उक्त झोला नेपाल एसबिआई बैंकका प्रदेश २ कार्यालय प्रमूख लेखनाथ पोख्रेलले विद्यार्थीलाई वितरण गरेका हुन् ।

प्रकाशित :२०७९ भाद्र २९, बुधबार १३:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम