ढकालको ‘तिम्रो खुसीमा’ सार्वजनिक (भिडियोसहित)

कुशल प्रशासक माधव ढकालको रचना रहेको तिम्रो खुशीमा बोलको गीत सार्वजनिक भएको छ । माया प्रेमले भरिएको उक्त गीतमा सुमधुर स्वरकी धनी र अहिलेको चर्चित गायिका रचना रिमाल र निशान भट्टराईको स्वर सुन्न पाइनेछ भने उत्तिकै सुमधुर संगीतले तिम्रो खुसीमा बोलको गीतका शब्द शब्दले हृदय छुनेछ । जस्मा संगीत समेत गीतकार ढकालकै रहेको छ ।

Advertisement 1

उक्त गीतमा  संगीत संयोज किरण कँडेलले गरेका हुन भने शम्भु तण्डुकारको मिक्सिङ रहेको छ ।

नेपाल सरकारको उपसचिवको रुपमा सरकारी सेवामा सक्रिय ढकालले यस अघि नै चर्चित गीत तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ बोलको गीत ल्याएर चर्चा कमाएका थिए । उक्त गीतले बर्षको सर्वोत्कृष्ट गीतको अवार्ड समेत हात पार्न सफल रह्यो ।

Advertisement 2

यस्तै दोश्रो एल्वमका रुपमा “तिम्रो महल” बजारमा ल्याए । जहाँ रामकृष्ण ढकालको स्वर सुन्न पाइन्छ । जस्लाई यु्ट्युबमा ८ लाख ४६ हजार भ्यूज प्राप्त भइसकेको छ ।

गजल लेखनमा बढी रुची राख्ने ढकालले ०६४ मा गजल संग्रह पुस्तकको रुपमा प्रकाशन गरेका ढकालको उक्त कृतिमा ५६ गजल संग्रहित छन् । २०६७ मा चर्चा गजलको एल्वम प्रकाशन जसमा ७ वटा गीत, गजल रहेका छन् । त्यसपश्चात पनि रामकृष्ण ढकाल, समीक्षा अधिकारी, डेभिड शंकर लगायत थुप्रै गायकगायिकाको स्वरमा गीतहरु सार्वजनिक भइसकेका छन्

Advertisement 3

साहित्य र श्रृजनामा जमेर लागेका राष्ट्रसेवक ढकालमा साहित्यिको नशा कस्तोसम्म छ भने सरकारी सेवामा प्रवेश गर्नु अघि एक साहित्यिक पत्रिकाको सम्पादक रहेर पनि काम गरे ।

प्रकाशित :२०७९ भाद्र २७, सोमबार १८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry