राष्ट्रिय परिचय पत्रका लागि साउनमा मात्रै ५ लाख १५ को विवरण संकलन, हालसम्म ८५ लाख भन्दाबढी संकलन

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रका लागि साउन महिनामा मात्रै ५ लाख १५ हजार जनाको विवरण संकलन गरेको छ ।

Advertisement 1

विभागले विभिन्न जिल्लामा गरेको अभियान तथा विभागका इकाइहरुमार्फत साउनमा मात्रै ५ लाख १५ हजार ६६४ जनाको विवरण संकलन गरेको हो ।

साउनमा मात्रै अभियानमार्फत ३ लाख २५३ जनाको विवरण संकलन गरिएको विभागका महानिर्देशक तिर्थराज भट्टराईले जानकारी दिए । उनका अनुसार साउनमा विभागका इकाइहरुमार्फत २ लाख २ लाख १५ हजार ४११ ज्नाको विवरण संकलन गरिएको छ ।

Advertisement 2

विभागले साउनमहिनासम्म ३८ जिल्ला र ३९७ स्थानीय तहका ३ हजार ६४५ वडामा विवरण संकलन अभियान सम्पन्न गरेको छ । ११ जिल्लामा विवरण संकलन अभियान सञ्चालमा रहेको महानिर्देशक भट्टराईले बताए । ‘राष्ट्रि परिचयपत्रका लागि विभिन्न जिल्लाका विभिन्न सथनीय तहलाई १५३ जना रुजू अधिकृतलाई राष्ट्रिय परिचयपत्रका लागि तालीम दिइएको विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विभागले राष्ट्रिय परिचयपत्रका लागि ८५ लाख ९० हजार ७१० जनाको विवरण संकलन गरिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । कुल संकलित तथ्यांकमा ६८ लाख ६१४ जनको विवरण परिचयपत्र अभियानमार्फत र १७ लाख ९ हजार ९६ जनाको विवरण विभागका इकाइहरुमार्फत संकलन गरिएको विभागको विवरण छ ।

Advertisement 3

पञ्जिकरणका लागि स्थानीयहरुले करारका कर्मचारी हटाउन थालेकाले नहटाउन विभागले परिपत्र गरेको छ ।

पछिल्लो समय स्थानीय तहमा नयाँ प्रतिनिधिहरु आएकाले उनीहरुले करारका कर्मचारीलाई हटाउन थालेका छन् । पञ्जिकरण विभागले करारका कर्मचारीलाई नियमाअनुसार बाहेककालाई नहटाउन अनुरोध गरेको छ । ‘विभागबाट नियुत्त, लिई कामकाज गर्दै आएका कतिपय स्थानीय तहमा कार्यरत एमआइएस अपरेटर तथा फिल्ड सहायकहरुको करार म्याद थप नगरेको सम्बन्धमा विभागबाट नियमानुसार बाहेक नहटाउनका लागि परिपत्र गरिएको छ’ विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

पञ्जिकरणतर्फ व्यक्तिगत घटना दर्ताका लागि कन्सुलर सेवा विभाग, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुलाई व्यक्तिगत घटना दर्ता प्रमाण्पत्रको आधिकारिकता सम्बन्धमा विभागको अनलाइन प्रणालबिाट जारी हुने १३ अंकको घटना दर्ताको प्रमाणपत्रलाई मात्रै कार्यालय प्रयोजनका लागि आधिकारिक मान्यता दिने व्यवस्था गर्न विभागले परिपत्र गरेको छ ।

अनलाईनमार्फत साउन महिनासम्म व्यक्तिगत घटना दर्ता गर्ने वडाको सँख्या ६ हजार ३०२ पुगेको विभागको तथ्यांक छ । सोमा जन्म दर्तातर्फ २० लाख ४३ हजार २९८ जना रहेको छ । त्यस्तै मृत्यु ५ लाख १७ हजार २०० जनाको रहेको विभागको भनाइ छ । सो अवधिसम्म विवाह दर्ता ८ लाख २१ ह्जार ६९२ रहेको छ ।

त्यस्तै सम्बन्ध विच्छेदका घटना दर्ता २९ हजार २६ रहेको छ । बसाइसराइतर्फ ४ लाख ६२ हजार ६९६ सहीत कुल घटना दर्तासँख्या ३८ लाख ७३ हजार ९१२ रहेको विभागको तथ्यांक छ ।

अनलाइनमार्फत साउन महिनामा व्यक्तिगत घटना दर्ता गर्ने वडाको सँख्या १ सय, जन्म दर्ता गर्नेको सँख्या ७२ हजार ४११, मृत्यु दर्ता सँख्या २० हजार ५५ र विवाह दर्ता २९ हजार ३२९ रहेको विभागको विवरण छ ।

त्यस्तै सम्बन्ध विच्छेदका घटना अनलाइनमार्फत १ हजार ७०१ र बसाइसराइका घटना २९ हजार २६२ रहेको छ ।

अनलाइनमार्फत साउन महिनामा मात्रै १ लाख ५२ हजार ७५८ घटना दर्ता भएका छन् ।

त्यस्तै समाजिक सुरक्षा भत्ताका लागि ३५ लाख ७४ हजार २५८ लाभग्राहमिध्ये हालसम्म १० लाख ५१ हजार ८८० जनाको परिचयपत्र नवीकरण गरिएको विभागले जानकारी दिएको छ ।

प्रकाशित :२०७९ भाद्र १३, सोमबार १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry