अर्थमन्त्री शर्माले गरे आफ्नो टिममा व्यापक परिवर्तन,कुन सहसचिव कहाँ पुगे ?

अर्थमन्त्री जनार्दन शर्माले एकै पटक नौ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सिसिटिभी फुटेज प्रकरण पछि पुन अर्थमा इन्ट्री गरेका शर्माले आफ्नो टिममा व्यापक फेरबदल गरेका हुन । यस अघिका अर्थ सचिव मधु मरासिनी त्यहाँबाट हटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगे पछि हालैमात्र अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजश्व सचिवमा रामेश्वर दंगाललाई भित्राएका मन्त्री शर्माले सहसचिवहरुको समेत व्यापक हेरफेर गरेका हुन ।
Advertisement 1
जस अनुसार काठमाडौं महानगरपालिकाबाट सामान्य,गृह हुँदै अर्थमा भित्रिएका र आर्थिक नीति विश्लेषण महाशाखा सम्हालिरहेका राजेश्वर ज्ञवालीलाई ठूला करदाता कार्यालयको हाकिम बनाएर खटाइएको छ । यस्तै महालेखा नियन्त्रकको कार्यालयमा रहेका नवराज ढुंगनालाई बीरगञ्ज भन्सारको जिम्मेवारी दिएर पठाइएको छ भने सिन्धुपाल्चोकको सिडिओ हुँदै बीरगञ्ज भन्सार पुगेका अरुण पोखरेललाई त्रिविवि भन्सार कार्यालयमा पठाइएको छ । यस्तै सुमन दाहाल वित्तीय संघियता समन्वय महाशाखाको जिम्मेवारी पाएका छन् । सहसचिव शिवलाल तिवारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको हाकिमको जिम्मेवारी दिएर खटाइएको छ ।
अर्थ स्रोतका अनुसार अर्थमा प्रवक्ताको भूमिकामा रहेका ढुण्डिराज निरौलालाई मध्यमस्तरीय करदाता कार्यालयमा खटाइएको छ । यस्तै महेश भट्टराईलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ । यस्तै शम्भु मरासिनी महालेखातिर पुगेका छन् ।
Advertisement 2
त्यसैगरी आनन्द काफ्लेले योजना अनुगमन तथा मुल्यांकन महाशाखा र बाबुराम सुवेदीलाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ ।