कर्मचारी ओसार पसारका लागि भाडामा गाडी खोज्दै अर्थ मन्त्रालय

अर्थमन्त्रालयले कर्मचारी ओसार पसारका लागि भन्दै दुई वटा गाडी भाडामा चलाउने भएको छ । नयाँ सवारी साधन नकिन्ने नीति अनुसार अर्थले कर्मचारीहरू ओसार पोसरका लागि भाडामा लिएर गाडी चलाउन लागेको हो । अर्थमन्त्रालयले ४० सिट क्षमताको नयाँ मोडलको दुई थान बस सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेको छ ।
एकीकृत सेवा पारवाहन दिनमा दुई पटक बिहान कार्यालय समयभन्दा १५ मिनेट अगाडि (९ बजेर ४५ मिनेटमा) सिंहदरबारको दक्षिण ढोकामा आइपुग्ने र बेलुका कार्यलय छुटेको १५ मिनेट पछि (५: १५ र शुक्रवार ३ : १५ मा) सिंहदरबारबाट छुट्ने सूचनामा जनाइएको छ ।
एकीकृत सेवा पारवाहन दुईवटा रुटमा चल्ने छन् । सिंहदरबारबाट शहिदगेट,कालिमाटी हुँदै नागढुंगासम्म पुग्नेछ भने अर्काे रुट सिंहदरबार हुँदै नयाँबानेश्वर,कोटेश्वर,बालकुमारी,सातदोबाटो,लगनखेल,एकान्तकुना,जावालाखेल,पुल्चोक,कुपण्डोल हुँदै सिंहदरबार फर्कनेछ ।

Advertisement 1

इच्छुक बस व्यवसायीले आवश्यक कागजात सहित अर्थमन्त्रालयमा बुझाउन सकिने सूचनामा उल्लेख छ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/08/1660813067_एकीकृत-निजामती-कर्मचारी-परिवहन-सेवा-सञ्चालन-सम्बन्धी-सिलबन्दी-दरभाउपत्र-आह्वानको-सूचना.pdf” title=”1660813067_एकीकृत निजामती कर्मचारी परिवहन सेवा सञ्चालन सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना”]

Advertisement 2

 

प्रकाशित :२०७९ भाद्र ५, आईतवार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम