वीर अस्पतालः पत्थरी अप्रेशन गर्नुपर्ने विरामीको अगाडीका ३ वटा दाँत डाक्टरले झिकिदिएपछि

वीर अस्पतालमा पित्तथैलीको पत्थरीको क्रममा चरम लापरवाही भएको छ । पित्तथैलीको पत्थरीको अप्रेशन गर्न गएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ ।

Advertisement 1

५० वर्षीया राधिका साउन ३० गते आफै हिँडेर अस्पताल भर्ना हुन गएका थिए। राम्रो अनुहार, दाँतमा कुनै समस्या नभएकी राधिका अप्रेशनबाट निस्किदा तीन वटा दाँत गुमाएर फर्किनु पर्यो ।

राधिकालाई डाक्टर जेके ओझाको टिमले उपचार गरेको आफन्त गणेश पौडेलको भनाइ छ । पौडेलले भने पित्तथैलीको पत्थरीको अप्रेशन गर्न अप्रेशन थियटरमा दाँत केही नभएकी आमा पठाउँदा अगाडिका तीन वटा दाँत निकालिएको छ । हामी गरिबको आवाज सुनिदिने को छ ?

Advertisement 2

उचित छानबिन होस् । यस्ता डाक्टरहरुले हामीलाई मार्न सक्छन् । पित्तथैलीको पत्थरीको अप्रेशन गर्दा दाँत निकाल्दिनेले अरु अंग निकाल्न सक्छन् । उनले थप भने हामी यहाँ जाँच गर्न आएका थियौँ ।

त्यो बेला पित्तथैलीमा पत्थरी छ भनियो । अप्रेशन गर्नुपर्छ भनेर ३१ गतेको डेट दिइयो । हामी ३० गते नै अस्पताल आएर भर्ना भयौँ । ३१ गते अप्रेशन थियटरमा लगियो । केही घण्टापछि अप्रेशन सफल भएको छ भनेर सुनाईयो हामी खुशी भयौँ । आमा भेन्टिलेटरमा हुनुहुन्थ्यो ।

Advertisement 3

अगाडि बोल्न सक्ने अवस्था थिएन । हामीले भेन्टिलेटरमा खासै देख्न पाएनौँ । त्यसपछि आइसीयूमा लगियो । त्यहाँ बिहान बेलुका भेट्न पायौँ । आइसीयूमा भेट्दा आमाको अगाडिको दाँत देखिएन ।

तीन वटा दाँत नदेख्दा हामी चकित भयौँ । आमालेपनि मेरो पत्थरीको अप्रेशन गरेको हो कि दाँतको अप्रेशन गरेको हो भनेर सोध्नुभयो । हामी चकित भयौँ । अहिले डाक्टरहरुले १० हजार दिन्छौ, ५ हजार दिन्छौ । दाँत त हो नी जहाँपनि हाल्न सकिन्छ भन्ने घटिया खालका जवाफ दिइरहेका छन् । यहाँ नेपाल सरकारका उपसचिव सागर मिश्र पनि रहेछन् । उनले कुनै रेस्पोन्स गरेका छैनन् । आज र भोलि बिदा छ ।

बिरामी लिएर जानुहोस् पछि कुरा गरौँला भन्दै अन्याय गरिरहेका छन् । हामीलाई न्याय चाहिन्छ आफन्तले माग गरेका छन् ।

प्रकाशित :२०७९ भाद्र ४, शनिबार ०८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry