राजस्व सचिव दंगालले गरे पदभार ग्रहण

Advertisement 1
राजस्व सचिव रामेश्वर दंगालले पदभार ग्रहण गरेका छन् । राजश्व सचिव कृष्णहरि पुष्करलाई अर्थ मन्त्रायमा तानिएसँगै रामेश्वर दंगाललाई राजश्व सचिवको जिम्मेवारी दिइएको थियो । अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीलाई त्यहाँबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुर्याइएपछि रिक्त रहेको अर्थ सचिव पदमा पुष्करलाई लगिएको छ ।
राजश्व सचिव अर्थमा पुगेसँगै त्यहाँ प्रदेशबाट दंगाललाई तानिएको छ । सचिवमा बढुवा भएसँगै प्रदेशकमा खटिएका दंगाल यस अघि आन्तरिक राजस्व कार्यालय, भन्सार विभागमा र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा सहसचिवका रूपमा काम गरेका थिए ।
प्रकाशित :२०७९ भाद्र २, बिहीबार १३:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%