सामाजिक उत्तरदायित्वमा अब्बल :-हिमालयन एयरलायन्स

कोरोनाको महामारीमा ठूला उद्यमीदेखि व्यवसायीहरु दूला मुनि पसे । विश्व अर्थतन्त्र नै संकटमा परेको समयमा समेत नीजि वायु सेवा कम्पनी हिमालयन एयरलायन्स्ले आफ्नो संसथगत सामाजिक उत्तरदायित्व भुलेन ।
हिमालयले सन् २०२० र ०२१ को अवधिभरका दुई बर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड कोषमा सहयोग गर्नेदेखि स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन गर्ने, विभिन्न देशमा अलपत्र परेका यात्रुलाई स्वदेश ल्याउने र विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका काम गरी राष्ट्रलाई टेवा पुर्याउने धेरै काम गरेको छ ।
हिमालयनले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कोभिड १९ शुरु भए यता विश्वको अर्थतन्त्र नै डामाडोल भएको स्थितीमा समेत उस्ले संस्थागत सामाजिक उत्तरदायित्वलाई नभुलेको जनाएको छ ।
एयरका अनुसार उस्ले राज्य नै विपतमा रहेको घडीमा समेत कोभिड कोषमा रु १० लाख रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेको जनाएको छ । यस्तै सोही समयमा भेरोसेल भ्याक्सिनको दुई लाख डोज ल्याउन २ करोड २५ लाख रुपैयाँ बराबरको चारवटा निःशुल्क कार्गो उडान सञ्चालनसमेत गर्नुका अलवा कम्पनीले चीनले सहयोगमा दिएको दुई लाख थान भेरोसेल खोप निःशुल्क ढुवानी गरेको प्रतिवेदनमा उल्लेख छ।

Advertisement 1

सोही समयमा विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतको काम गरेको प्रतिवेदनमा समेटिएको छ।
सामाजिक उत्तरदायित्व अन्त्रगत यो निशुल्क कार्गो चार्टर उडान दुई करोड २५ लाख रुपैयाँ बराबरको रहेको कम्पनीले जनाएको छ।

सन् २०१६ मे बाट एउटा जहाज मार्फत उडान सेवा सुरु गरेको कम्पनीका हाल तीनवटा जहाज संचालनमा छन्। हिमालयनले हाल युएइ, मलेसिया, कतार, साउदी अरेबिया, बङ्गलादेश, चीन, कुवेत लगायत विभीन्न गन्तब्यमा नियमित यात्रु तथा कार्गो उडान गर्दै आएको छ ।

प्रकाशित :२०७९ श्रावण २०, शुक्रबार १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry