जानकीको तिज गीत तयार

काठमाडौं । लोक दोहोरी गीत लेखनमा सक्रिय जानकी बज्राचार्यले तिजलाई लक्षित गर्दै नयाँ गीत तयार पारेकी छन् ।

Advertisement 1

उनीद्वारा लिखित ‘शीरैमा शीरफूल’ शीर्षकको गीतको म्युजिक भिडियो निर्माण सम्पन्न भएको छ ।

च्छोरोल्पा मिडिया प्रालिकी अध्यक्ष बज्राचार्यको उक्त गीतमा राधिका हमालको स्वर रहेको छ । पाँच मीनेट लामो सो गीत पुरुषोत्तम न्यौपानको संगीतमा तयार भएको हो । गीतको म्युजिक भिडियोको निर्देशन अनिल राईले गरेका हुन् भने छायाँकन राम केसीको रहेको छ । राज थपलिया, प्रकाश थपलिया, सरिना विक र गीतकार बज्राचार्य आफैँले पनि त्यसमा अभिनय गरेकी छन् । गीत एक सातापछि सार्वजनिक गरिने गीतकार बज्राचार्यले बताइन् ।

प्रकाशित :२०७९ श्रावण ९, सोमबार १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry