कर्मचारी पछि निवर्तमान अर्थमन्त्रीले पनि दिए इन्कारी बयान
छानबिन समिति समक्ष निवर्तमान अर्थमन्त्री जर्नादन शर्माले इन्कारी बयान दिएका छन् । यो आर्थिक बर्षको बजेट निर्माणको क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर गरिएको बिषयमा उनले इन्कारी बयान दिएका हुन । आज बिहान संसदीय छानबिन विशेष समितिको बैठकमा बयान दिँदै शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर नगरेको दावा गरेको छन् । शर्माले मन्त्रालयमा को आउँछ वा को जान्छ सजिलै थाहा हुने उल्लेख गर्दै बजेट निर्माणको क्रममा कोही अनधिकृत व्यक्ति नआएको बयान दिएका छन् । उनले आफूमाथि विश्वास नलागे सुरक्षाकर्मी र मर्यादापालकलाई पनि सोध्न समेत समितिसँग आग्रह गरेका छन् ।
Advertisement 1
समितिले यो प्रकरणमा मुछिएका भनिएका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा बिहान निवर्तमान मन्त्री शर्मासँग पनि सोधपुछ गरेको हो । यसअघिका बैठकमा समितिले यस अघि अर्थ सचिव मधुकुमार मरासिनी,राजश्व सचिव कृष्णहरि पुष्कर,बजेट निर्माणमा संग्लग्न अर्थका अधिकारीहरु सहसचिव भुपाल बराल,चक्रबहादुर बूढा,केदारनाथ शर्मा लगायतसँग बयान लिइसकेको छ । यी सबैले इन्कारी बयान दिएका थिए । समितिले अनधिकृत व्यक्तिको घुसपैठसम्बन्धी समाचार लेख्ने पत्रकारलगायतसँग सोधपुछ गरिएको थियो ।दुबै पत्रकारले आफूसँग यथेष्ट प्रमाण रहेको र त्यही प्रमाणमा टेकेर समाचार लेखेको बयान दिएका थिए ।
छानबिन समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।