उपत्यका बाहिरबाट पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं उपत्यका बाहिर पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । गत बुधबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा परीक्षणकालीन रूपमा सेवा सुरु भएको यो सेवा अन्य जिल्लामा समेत विस्तार भएको हो ।

Advertisement 1

आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार बुधबार (४ साउन) देखि काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ्ग र झापामा गरी थप पाँच जिल्लामा अनलाइन सेवा विस्तार गरिएको हो ।

निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावलीको प्रारम्भिक दर्ता कार्यका लागि वेबसाइटमा आधारित ‘भोटर लिस्ट प्रि रजिस्ट्रेसन’ सिस्टम तयार पारेको छ । जसले गर्दा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा पुग्नु नपर्ने बताइएको छ ।

Advertisement 2

आयोगका अनुसार फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अनलाइनबाटै पेस गर्न सक्नेछन् ।

यद्यपि अनलाइनबाट मतदाता नामावली दर्ता गराइसकेपछि सङ्केत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर फोटो तथा औँठा छाप दिन सम्बन्धित निर्वाचन कार्यालयमा भने उपस्थित हुनुपर्ने आयोगले जनाएको छ ।

प्रकाशित :२०७९ श्रावण ४, बुधबार ०९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry