आज पनि वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र बागमतीका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङसहित वर्षा भइरहेको छ।
Advertisement 1
दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Advertisement 2
सोमबार राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित :२०७९ असार २६, आईतवार ०७:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%