मन्त्री शर्माले राजीनामा दिएकै भोलिपल्ट सचिव मरासिनी कार्यालयमा हाजिर

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै अर्थ सचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । गत बुधबारमात्र उनी अनिश्चिताकालका लागि बिदामा बसेका थिए ।सचिव मरासिनीले अर्थमन्त्री शर्माले राजीनामा नदिएपछि काममा नफर्किने भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदामा बस्ने जानकारी गराएका थिए।

Advertisement 1

गत बुधबारमात्र अनिश्चित कालका लागि अनिश्चितकालका लागि बिदामा बसेका उनी अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकै भोलिपल्ट मध्यान्ह कार्यालयमा हाजिर भएका हुन ।

गत बुधबारमात्र बिदामा बसेका उनी बिहिबार दिँउसो अपरान्ह मन्त्रालयमा हाजिर भएका हुन । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश प्रकरणमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिइसकेका छन् । उनीविरुद्ध संघीय संसदको ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ ।
सोही विकृती प्रकरणमा डामिएका अर्थ सचिव मधुकुमार मरासिनी र राजश्व सचिव कृष्णहरि पुष्करमाथि भने कुनै कारवाहीको प्रक्रिया अघि बढाइएको छैन ।

प्रकाशित :२०७९ असार २४, शुक्रबार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry