आफ्नै कर्मचारीबाट असुरक्षित बैंक :- २ अर्ब ५६ करोड २३ लाख अपचलन

प्रहरी अधिकारीहरुलाई अहिले पिरोल्ने दुईवटा ठूला मुद्धा हुन् विद्युतीय कारोवार र बैंकिङ कसुर ।
विद्युतीय कारोवार आफ्नै आमाले छोरी,पत्नीले पती,प्रेमीले प्रेमिकालाई पोलेझैं बैंकिङ कसुरमा चाहिँ अधिकांश बैंककै कर्मचारीले कार्यरत बैंक ठगी गरेर फरार भएका उजुरीहरु धेरै भेटिन्छन् । त्यसपछि चेक बाउन्सका मुद्धा धेरै पर्दछन् ।
छोटो समयमा मनग्ये आर्जन गर्ने लोभमा ठूलादेखि साना (कदेखि ग वर्गसम्मका) बैंक तथा बीत्त संस्थाकै कर्मचारीहरुको दुष्कर्म चाहिँ कस्तो भने,ग्राहकको पैसा खुसु खुसु आफ्नो खातामा सार्ने,नक्कली एटीएम बनाएर पैसा चोर्नेदेखि ग्राहकको गोप्य सूचना दुरुपयोग गर्नेसम्म । यस्तै कमसल धितोमा ऋण दिने कर्मका कारण बैंकका उच्च पदस्थहरु फन्दामा परेका उदाहरण छन् । यस्तो कर्ममा क बर्गका सरकारी कृषि विकास,नेपाल बैंकदेखि एनआइसी एसिया,सिभिल,सनराइज,सिटिजन्स,बैंक अफ काठमाण्डौसम्म बदनाम छन् ।

Advertisement 1


यस्तै मञ्जुश्री फाइनन्स,तत्कालीन यति डेभलपमेन्ट बैंक,तत्कालीन तत्कालीन एपेक्स बैंक र सामुदायिक लघुवित्त वित्तीय संस्था,महालक्ष्मी विकास बैंकका कर्मचारीबाट यस प्रकारको अपराध भएको छ । सिआइबीको पछिल्लो चार बर्षको तथ्यांक केलाउने हो भने प्रतिबर्ष ६३ करोड हाराहारी अपचलन बैंककै कर्मचारीबाट हुने गरेको तथ्यांक भेटिन्छ । ४ साल यतामात्र बैंकिङ कसुरका २४ सय बढी मुद्धा दर्ज भएका छन् । जसमध्ये वित्तीय क्षेत्रका कर्मचारीहरुबाटै २० ठूला आर्थिक अपराध भएका छन् । जसबाट साढे दुई अर्ब (२ अर्ब ५६ करोड २३ लाख) अपचलन भएको र यस्तो कुकर्ममा संग्लग्न बैंकका ७० बढी कर्मचारीहरु फन्दामा परेको प्रहरी अधिकारीहरु सुनाउँछन् । सीआइबीको अनुसार यो कुकर्ममा संग्लग्न बैंकका १० हाकिमसहित तल्लो तहका ५५ कर्मचारी अहिले पापको फल भोग्दैछन् ।
अघिल्लो आर्थिक बर्षमा मात्र बैंकिङ कसुरका ६० वटा मुद्दा सीआइबीमा दर्ज भएकोमा ७ जना बैंकका कर्मचारी फन्दामा परे । उनीहरुले ६६ करोड ५७ लाखभन्दा धेरै ठगी गरेको सीआइबीको अभिलेखमा उल्लेख छ । यही समयमा बैंक अफ काठमाडौंको काण्ड घट्यो । सिइओ अजय श्रेष्ठहरुको जागिर गुम्यो ।
दुई साता अघि मात्र सीआइबीले महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा गडबड भएको सीआइबीको अनुसन्धानबाट खुल्यो । त्यहाँका कर्मचारीहरुले ७ करोड ४२ लाखभन्दा धेरैको ठगी भएको भेट्टायो । बैंकको लकरमा साढे १७ किलो सुन भएको तमसुक गरी ऋण प्रवाह गरिएको थियो तर बैंकको लकरमा ५ किलो २२८ ग्राम मात्र सुन भेटिएको थियो । यो प्रकरणमा हालै सात कर्मचारी फन्दामा परेका छन् ।
बैंकिङ कसुरको मुद्धाको ग्राफ कसरी बढ्दैछ भने आर्थिक बर्ष ०७२/ ७३ मा बैकिङ ठगीका जम्मा ६ वटामात्र मुद्धा दर्ज भएकोमा ७३/ ७४ मा १० उजुरी दर्ज भए । आव २०७४/ ७५ मा ह्वात्तै बढेर बैंकिङ कसुरका मुद्दा ४२१ दर्ज भएको प्रहरीसँग अभिलेख छ । सोही आर्थिक बर्षको भन्दा चार गुणाले बढेर अघिल्लो आर्थिक बर्ष बैंकिङ कसुरका १२०० बढी मुद्धा प्रहरीकोमा पुगेका छ । अघिल्लो आर्थिक बर्ष १३२५ वटा विद्युतीय कारोबारका मुद्धा दर्ज भएको भेटिन्छ ।
०००

प्रकाशित :२०७७ माघ २, शुक्रबार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry